arrow

टिपर आतंकः एक महिनामा ६ को मृत्यु

logo
प्रकाशित २०७५ असार ९ शनिबार
tipper-accident.jpg

काठमाडौं। पछिल्लो एक महिनामा मात्र टिपर चालकको लापरबाहीबाट काठमाडौं उपत्यकामा ६ जनाको ज्यान गएको छ। महाशाखाका प्रवक्ता सुरेन्द्र प्रसाद मैनाली भन्छन्, घाइते हुनेको संख्या झनै धेरै छ। उनका अनुसार पछिल्लो एक महिनाको अवधिमा टिपरका कारण दुर्घटना भएर गम्भीर घाइते हुनेको संख्या १० जति पुगेको छ। 

तथ्यांकअनुसार चालू आवको ११ महिनामा उपत्यकामा एक हजार २६६ वटा टिपर र ट्रक दुर्घटना भएका छन्। यी समेत अन्य दुर्घटनामा परी उपत्यकामा ११ महिनामा एक सय ८४ जना गम्भीर घाइते र तीन हजार तीन सय ८५ जना सामान्य घाइते भएको प्रवक्ता मैनाली बताउँछन्। (नागरिक दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ