arrow

कोइरालाको निधनमा देशले अभिभावक गुमायोःनेताहरु

logo
(अच्युत रेग्मी)
प्रकाशित २०७७ पुष १७ शुक्रबार
Sushil-Koirala.jpg.jpeg
काठमाडौं। नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री सुशील कोइरालाको निधनमा देशले सिङ्गो अभिभावक गुमाएको नेताहरुले बताए । कोइरालाको पार्थिव शरीरलाई श्रद्धाञ्जलि दिन मंगलबार दशरथ रङ्गशाला पुगेका नेताले कोइरालाको मंगलबार भएको निधनमा नेपालले कुशल अभिभावक गुमाएको बताए । 
 
नेपाली काँग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौलाले संविधान निर्माणमा स्वर्गीय कोइरालाको नेतृत्वदायी भूमिका रहेको भन्दै उनले देशलाई समस्या परेको बेला कडा अडान राख्ने व्यक्ति भएको बताए ।काँग्रेसका केन्द्रीय सदस्य सुजाता कोइरालाले स्व कोइरालाले संविधान निर्माणमा खेलेको भूमिकालाई कसैले भुल्न नहुने बताए । नेत्री कोइरालाले स्वर्गीय कोइराला हुँदा आफूलाई लागेको असन्तुष्टि सजिलै भन्न सकिने र उहाँले त्यसलाई सजिलै हल गर्ने गरेको स्पष्ट पारे ।
 
नेपाली काँग्रेसका नेता डा मीनेन्द्र रिजालले ठूलो मानिस शालीन जीवन भएको व्यक्ति कोइराला भएको बताए । रिजालले कोइराला केटाकेटीदेखिनै काँग्रेसको राजनीतिमा लाग्नुभएको र बिपी कोइराला तथा गिरिजाप्रसाद कोइराला जेलमा रहेका बेला उनको परिवारको अभिभावकको रुपमा रहेको पनि उल्लेख गरे । नेपाली काँग्रेसका सांसद रामचन्द्र पोखरेलले सादा जीवन उच्च विचार भएको व्यक्ति स्वर्गीय कोइराला भएको बताए ।उनले भने, “कोइरालाको सादगीयुक्त जीवनबाट अहिलेका राजनीतिक दलका नेताले पाठ सिक्नुपर्दछ ।” 
 
नेपाली काँग्रेस कैलालीका नेता नारायणदत्त मिश्रले नेपाली जनताको छ दशक लामो संविधानसभाबाट संविधान बनाउने चाहना कोइरालाले पूरा गर्नुभएको उल्लेख गरे ।सूचना तथा सञ्चारमन्त्री शेरधन राईले स्वर्गीय कोइराला कहिल्यै नथाक्ने र सादगी व्यक्ति भएको बताए ।उनले कोइरालाको निधनले सारा देश शोकाकुल रहेको स्पष्ट पारे । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता डा प्रकाशचन्द्र लोहनीले कोइराला सरल र असल व्यक्ति भएको बताए । लोहनीले स्वर्गीय कोइरालामा सबै पार्टीका नेतालाई मिलाएर लैजाने क्षमता भएको पनि उल्लेख गरे । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ