arrow

स्याङ्जामा एसईई परिक्षामा आदर्शले टप्यो

संस्थागतले धान्यो शिक्षाको प्रगति

logo
श्रीकृष्ण सिग्देल,
प्रकाशित २०७५ असार १० आइतबार
aadharsa.jpg

स्याङ्जा ।  परिक्षा नियन्त्रण कार्यालय सानो ठिमिले सार्वजनिक गरेको २०७४ सालको एसईई परिक्षामा स्याङ्जा विगतको बर्ष भन्दा तुलनात्मक सन्तोषजनक रहेको छ । असार ९ गते सार्वजनिक भएको एसईई को परिक्षामा स्याङ्जाबाट जिपिए ३.९ ल्याउने ४ विद्यालयका ४ जना विद्यार्थी मात्रै रहेका छन् ।

जसमा नेपाल आदर्श माविका दिपेश तिवारी, अर्मादी वोडिङ स्कुलका प्रतिमा अर्याल, भुपु सैनिक कालीगण्डकी माविका अर्पन आले र वालज्योती सेकेण्डरी स्कुलका विनम महत रहेका छन् । अर्को तर्फ जिपिए ३.८५ ल्याउने ५ विद्यालयका ६ विद्यार्थी रहेका छन् । जसमा नेपाल आदर्श माविका २ जना रहेका छन् भने अन्य विद्यालयका एक एक जना रहेको जिल्ला शिक्षा समन्वय इकाईले जनाएको छ ।

नेपाल आदर्श माविका सन्देश खनाल, संकल्प पौडेल, भुपु सैनीक कालीगण्डकी माविका अन्जना भट्टराई, सगरमाथा अंग्रेजी माविका सन्देश रेग्मी, पाईनिअज हायर एकेडेमीका विश्वास काफ्ले र त्रिभुवन आदर्श माविका रित्विज श्रेष्ठ रहेका छन् । जिल्लाको समग्र नतिजा हेर्दा नेपाल आदर्शले प्रथम स्थान हासिल गरेको छ भने भुपु सैनिक काली गण्डकी विद्यालयले सेकेण्ड स्थान हासिल गरेको छ । अन्य विद्यालय भने तृतिय भएका छन् ।

शिक्षा कार्यालय जिल्ला समन्वय इकाई स्याङ्जाका सोमनाथ भण्डारीले दिएको जानकारी अनुसार जिपिए ३.६५ देखि ४ सम्म ल्याउने ६६ जना, २.२५ देखि ३.७ सम्म ल्याउने ३६५, २.८५ देखि ३.२ सम्म ल्याउने ६८७ र २.४५ देखि २.८ ल्याउने ११६९ विद्यार्थी रहेका छन् । त्यसै गरी २.०५ देखि २.४ ल्याउने १५७४, १.६५ देखि २ सम्म ल्याउने १३४२, १.२५ देखि १.७ ल्याउने ४३३ र ०१ देखि १.२ ल्याउने २५ जना रहेका छन् । ० देखि ०.८ ल्याउने भने शुन्य रहेको बताइएको छ । यो बर्षको नतिजामा पनि संस्थागत विद्यालयले शिक्षाको प्रगति धानेको छ । सामुदायीक विद्यालय त्रिभुवनले मात्रै जिपिए ३.८९ ल्याउन सफल भएको छ भने अन्य ७ संस्थागत विद्यालय रहेका छन् ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ