arrow

उपाध्यक्ष श्रेष्ठलाई स्वाइन फ्लु भएपि

logo
प्रकाशित २०७७ पुष १७ शुक्रबार
काठमाडौं। एकीकृत नेकपा (माओवादी)का उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई स्वाइन फ्लु भएको छ । नेता श्रेष्ठले आफूलाई स्वाइन फ्लु भएको सामाजिक सञ्जालमार्फत नै जानकारी गराउनुभएको छ । विगत नौ दिनदेखि ज्वरोले थलिनुभएका उपाध्यक्ष श्रेष्ठको प्रारम्भिक परीक्षण टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा याल परीक्षणपछि स्वाइन फ्लु भएको खुलेको हो । 
 
नेपाली काँग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री सुशील कोइरालाको निधनमा सशरीर उपस्थित भएर श्रद्धाञ्जलि व्यक्त गर्न नसकेको भन्दै उहाँ स्वयम्ले सामाजिक सञ्जाल ट्विटरमा भन्नुभएको छ ‘‘सुशील कोइरालाप्रति भावपूर्ण श्रद्धाञ्जलि व्यक्त गर्दछु, स्वाइन फ्लुका कारण म बिरामी परें ।’’ चिकित्सकको सल्लाहअनुसार  निवासमै आराम गरिरहनुभएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ