arrow

भ्रमण ‘धेरै उपलब्धिमुलक’ भन्ने प्रधानमन्त्री ओली केरुङ–काठमाडौं रेलबारे नै अस्पष्ट

logo
प्रकाशित २०७५ असार ११ सोमबार
oli-ishwor-subash.jpg

काठमाडौं । काठमाडौंसम्म चिनियाँ रेल ल्याउने प्रारम्भिक सहमति भए पनि यसमा लगानी कसले गर्ने र कहिलेसम्म निर्माण गरिसक्ने भन्नेमा झन् अन्योल देखिएको छ ।

चिनियाँ रेलको चुनावी नाराले लोकप्रिय बनेका प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो पुरानो अडानबाट पछाडि फर्केका छन् ।

हरेकजसो सार्वजनिक कार्यक्रममै दुई वर्षभित्र केरुङबाट काठमाडौंमा रेल ल्याउने अभिव्यक्ति दिदैं आएका ओली आइतबार स्वदेश फर्कने क्रममा विमानस्थलमा भने चिनियाँ रेलका सम्बन्धमा भावनात्मक कुरा गर्दै पन्छिए ।

 ‘पहिले पूर्वसम्भाव्यता अध्ययन गरौं, त्यसपछि लगानीको कुरा गरौंला,’ ओलीले विमानस्थलमा भने, ‘काठमाडौंमा रेल पुर्याउने माओको सपना सी (चिनियाँ राष्ट्रपति) ले पूरा गर्छन् ।’

चीनले केही समयदेखि केरुङ–काठमाडौं रेलमार्गको सम्भाव्यता अध्ययन गरिरहेको छ । सम्भाव्यता अध्ययनमा चिनियाँ टोलीलाई सघाइरहेका नेपाली प्राविधिकहरुले भूवनोटका कारण केरुङबाट काठमाडौं रेल ल्याउन निकै जटिल रहेको बताउँदै आएका छन् । (कारोबार दैनिकबाट)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ