arrow

केसीसीको दीगो विकास लक्ष्य सम्बन्धी कार्यशाला सम्पन्न

logo
प्रकाशित २०७५ असार १२ मंगलबार
kcc.JPG

काठमाडौं ।  कान्तिपुर सिटी कलेज (केसीसी)ले दीगो विकास लक्ष्य सम्बन्धी र म्यानेजमेन्ट स्कलर्स म्यागजिनको छैठौँ अङ्क विमोचन कार्यक्रम गरेको छ । शनिबार कान्तिपुर सिटी कलेजको हलमा गरिएको सो  कार्यक्रमको उद्घाटन विश्वविद्यालय अनुदान आयोगका निर्देशक डा. श्याम प्रसाद लोहनी र यस कलेजका संस्थापक हेमन्त समशेर राणाले संयुक्त रूपमा गरे  ।

कार्यक्रमको अर्को सत्रमा दीगो विकासका लक्ष्यहरूसम्बन्धी कार्यशाला आयोजना गरिएको थियो । सो कार्यक्रममा डा. विनायक कुमार थापाले दीगो विकास, दीगो विकासका लक्ष्यहरू र दीगो विकास समाधान सञ्जालका बारेमा छलफल गरिएको थियो । डा. थापाले विकाससम्बन्धी अध्ययनमा विद्यावारिधि गरेका छन् ।

कार्यक्रममा इन्द्र कुमार श्रेष्ठले दीगो विकासका लक्ष्यलाई आफ्नो दैनिक जीवन र व्यावसायिक जीवनसँग जोडेका थिए ।  डा. दीपक विक्रम थापा क्षेत्रीले कान्तिपुर सिटी कलेजभित्र दीगो विकासका लक्ष्यसम्बद्ध पक्षहरू पहिचान गर्ने सत्र सञ्चालन गरे ।

कार्यक्रमको पहिलो चरणमा म्यानेजमेन्ट स्कलर्स म्यागजिनको छैठौँ अङ्कको विमोचन कार्यक्रम बीबीए २०१३ ब्याचले आयोजना गरेका थिए । कार्यक्रममा स्वागत मन्तव्य कलेजका बीबीए कार्यक्रम संयोजक अम्बिका देउजा कुँवरले गरिन् । यसका साथै नयाँ म्यागजिनको नेतृत्व बीबीए २०१४ ब्याचलाई जिम्मेवारी हस्तान्तरण गरिएको थियो ।

कार्यक्रममा कलेजका व्यवस्थापकीय निर्देशक प्रह्लाद कार्कीले कार्यक्रमका बारेमा जानकारी दिएका थिए भने समापन मन्तव्य कलेजका का.मु. प्रधानाध्यापक राजु कट्टेलले राखेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ