arrow

राजनीति पुर्वाग्रह त्यागेर वन अतिक्रमण हटाउन आबश्यक : वनमन्त्री भट्ट

logo
दीपेन्द्र बस्नेत,
प्रकाशित २०७५ असार १४ बिहिबार
banmantri.jpg

नौरंगा,लालझाडी ।  वातावरणीय सन्तुलन बनाई राख्न महत्त्वपूर्ण वन क्षेत्रको अतिक्रमण हटाउन राजनैतिक पुर्वाग्रह त्याग्नु पर्ने राष्ट्रिय बृक्षारोपण दिवसको अबसर पारेर जिल्ला वन कार्यालय कञ्चनपुरले लालझाडी गाउँपालिकाको नौरंगामा बिहीबार आयोजित बृक्षारोपण कार्यक्रममा प्रदेश नम्बर ७ कि वन तथा वातावरण मन्त्री माया भट्टले बताइन् ।

आयोजित बृक्षारोपण कार्यक्रममा बोल्दै कार्यक्रमकि प्रमुख अतिथि रहेकी ७ नम्बर प्रदेशको उद्योग ,पर्यटन, मन्त्रालयको जिम्मेवारी समेत समालेकी वन तथा वातावरण मन्त्री भट्टले भनिन् " सामाजिक,राजनीतिक सद्भाव कायम राख्दै मानव जिवनमा अत्यावश्यक वनको बिकासमा सबै एक जुट हुनु पर्दछ ।" उनले भनिन वातावरणीय सन्तुलन कायम राख्न वनको बिस्तार र बिकासको नीति प्रदेश सरकारले ल्याउने छ ।"  

नौरंगामा बिहिबार आयोजित आयोजित राष्ट्रिय बृक्षारोपण दिवसमा  मन्त्री भट्टले बिरुवा रोपेर कार्यक्रमको सुरुआत गरिएको थियो । वन संरक्षण ,बिकास र बिस्तारका लागि सरकार एक घर पाँच बिरुवाको कार्यक्रम गाउँ गाउँ लैजाने नीति ल्याएको  उक्त  कार्यक्रममा बोल्दै मन्त्री भट्टले बताइन ।

बिहिबार कञ्चनपुरको दक्षिणी क्षेत्रको लालझाडी राष्ट्रिय वन संगै जोडिएको नौरंगामा अतिक्रमण हटाई बृक्षारोपण र बिस्तार गरिएको वनको अबलोकन समेत मन्त्री भट्टले गरेकी थिइन् । कुनै बेला उजाड नांगो रहेको सो क्षेत्र जिल्ला वन कार्यालय कञ्चनपुरको निरन्तरको प्रयास पश्चात् यतिबेला घना वनमा परिणत भएको छ ।

लालझाडी गाउँपालिकाका अध्यक्ष मदनसेन बडायकको सभापतित्वमा सञ्चालन गरिएको कार्यक्रममा   प्रदेश नम्बर ७ वन वातावरण मन्त्रालयका सचिब सुधिर कोइराला,जिल्ला वन कार्यालय कञ्चनपुरका जिल्ला वन अधिकृत शिवप्रसाद शर्मा समेतको सहभागीता रहेको थियो ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ