arrow

ओली र प्रचण्ड शक्तिशाली बन्ने होड, छुट्टा छुट्टै गुप्तचर संयन्त्र खडा

logo
प्रकाशित २०७५ असार १७ आइतबार
oli-prachanda.jpg.jpeg

काठमाडौं ।नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' वीच शक्ति पृथकिकरणमा सुरु देखिनै देखिएको विवाद सतहमा आएको छ । दुई अध्यक्षका कारण नेपाल प्रहरीलाई काउण्टर दिदै नेपालमा पहिलो पटक दुइवटा गुप्तचर युनिट खडा हुने भएका छन ।

 दुइसातादेखि दाहाल सिंगापुरमा रहेका कारण गृहमन्त्री मार्फत गठन हुनलागेको उच्च स्तरीय अनुसन्धान टाक्सफोर्स गठन हुन सकेको छैन । गहमन्त्रालय मातहतमा रहेको राष्ट्रिय अनुसन्धान विभागलाई प्रधानमन्त्री ओलीले आफु मातहतमा लगेपछि दाहालले गृहमन्त्री थापा मार्फत त्यो भन्दा शक्तिसाली अनुसन्धान टाक्सफोर्स गठनको तयारी गरेका हुन ।

 गृहमन्त्रीको नेतृत्वमा गठन हुने अनुसन्धान टाक्सफोर्समा नेपाल प्रहरीका अवकास प्राप्त पूर्व अनुसन्धान अधिकृत र राष्ट्रिय अनुसन्धान आयोगका पूर्व सूचना अधिकारीहरू रहने बताइएको छ । गृहमन्त्री नेतृत्वकमा गठन हुने अनुसन्धान टाक्सफोर्स भनिए अनुसार गठन भए यो नेपाल प्रहरी र प्रधानमन्त्रीले लगेको राष्ट्रिय अनुसन्धान विभाग भन्दा पनि शक्तिशाली बन्ने छ । तर, यसलाई छुट्टै विभाग,समिति वा आयोग बनाउने भन्ने तय भइसकेको छैन । आयोग बनाउन समस्या भए समिति मात्रै बनाएर भएपनि अनुसन्धान टाक्सफोर्स गठन हुनेछ ।

 गृहमन्त्रीको निजि सचिवालय स्रोतका अनुसार गृहमन्त्रीको नेतृत्वमा गठनहुने टाक्सफोर्सले प्रधानमन्त्री कार्यलयमा गएको राष्ट्रिय अनुसन्धान आयोग र नेपाल प्रहरीको अनुसन्धान विभागको समान्तर अनुसन्धान निकायका रूपमा अधिकार दिइने छ । टाक्सफोर्समा पुराना र अनुभवी अधिकृतहरू रहने भएकाले यसले दुवै विभागलाई निस्क्रिय बनाउने सुरक्षाविद्हरू बताउछन । दाहालले राजनीतिक दबाबबाट मुक्त भएर काम गर्नेगरी गृहमन्त्री थापाको नेतृत्वमा टाक्सफोसै गठन गराउने योजना बनाएका छन ।

 अस्थायी प्रकृतिमा गठन हुने टाक्सफोर्समा दाहालको गृहमन्त्री मार्फतको अभ्यास सफल भए घटनाको अनुसन्धान र कारवाही गर्ने काम प्रत्यक्ष रूपमा अगाडी बढ्नेछ । स्रोतका अनुसार राजनीतिक दबाबबाट मुक्त रहनेगरी विशेष अनुसन्धान र अप्रेसन सञ्चालन गर्न उच्च स्तरीय टाक्सफोर्सको तयारी गरिएको हो ।

 गठनपछि यसले सुन तस्करी प्रकरणदेखि वित्तीय अनियमिता, तस्करी र आपराध जन्य प्रकृतिका मुद्दामा काम गर्ने छ । अहिले टाक्सफोर्स गठनका लागि पूर्व डीआईजीहरूको खोजी भइरहेको छ । टाक्सफोर्स भित्रपनि विभिन्न समुह र उपसमुहहरू रहने छन । यसभित्रका समुह र उपसमुहमा कस्ता लाई राख्ने भन्ने बिषयमा अहिले छलफल भइरहेको छ । यसका लागि राजनितिक आड र कमिसनका भरमा अनुसन्धान गरिरहेको प्रहरीको अनुसन्धान व्युरोका बिषयमा पनि गठन हुन लागेको उच्चस्तरीय टाक्सफोर्सले अनुसन्धान गर्ने अधिकार पाउने बताइएको छ । (देशान्तर साप्ताहिक )



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ