arrow

पहिरोका कारण विद्यालय भवन जोखिममा

logo
रामचन्द्र रायमाझी,
प्रकाशित २०७५ असार १८ सोमबार
Palpa_District.png

पाल्पा (रामपुर) । शनिबार राति आएको अविरल वर्षाका कारण पहिरो गएपछि निस्दी गाउँपालिका ५ को एक विद्यालय भवन जोखिममा परेको छ । भवनको आडबाटै पहिरो गएपछि राईकोट आधारभूत विद्यालय निस्दी ५ गल्धा भदौरीको विद्यालय भवन जोखिममा परेको हो ।

बेलडाँडा कठैडाँडा हुँदै गावुडाँडा जोड्ने सडक खण्डको सडक भन्दा माथि रहेको विद्यालय पहिरो संगै  मुलगेट र भवनको पेटी सडकमा खसेको  राईकोट आधारभूत विद्यालयका प्रधानाध्यापक केश बहादुर कालुङले बताए । उनले भने, ‘हिजो सम्म केही भएको थिएन । शनिबार रातभरीको वर्षादले विद्यालयको मुल गेट नै खसेको छ ।

आडैमा रहेको २ कोठे ब्लक भवनको पेटी खस्नै लागेको छ ।’ साथै कालुङले वर्षाद जारी रहेमा विद्यालयको भवन भत्कने  खतरा बढेको बताए । यस वर्ष  बेलडाँडा कठैडाँडा हुँदै गावुडाँडा जोड्ने सडक खण्डमा बस लैजानको लागि चौडा पारिएकाले विद्यालयको आड भत्किएको र अहिले वर्षा संगै पहिरो गएको विद्यालय व्यवस्थापन समितिका धन बहादुर सारुले बताए ।

विद्यालयमा अहिले प्रथम त्रैमासिक परीक्षा चलिरहेकाले विद्यार्थीहरुलाई अन्य भवनमा राखीएको छ । कक्षा ८ सम्म पठनपाठन हुँदै आएको राईकोट आधारभूतमा हाल १ सय १० जना विद्यार्थी अध्ययनरत छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ