arrow

दक्षिण एसियाली दूरसंचारको कार्यशाला काठमाडौंमा

तीन दिनमा थुप्रै कार्यपत्र प्रस्तुत हुने

logo
प्रकाशित २०७५ असार १९ मंगलबार
satrc.jpg

काठमाडौं । दक्षिण एसियाली दूरसंचारको कार्यशाला काठमाडौंमा सुरु भएको छ । मंगलबारदेखि सुरु भएको उक्त कार्यशालाको उद्घाटन सत्रमा बोल्दै सूचना, संचार तथा प्रविधि मन्त्री गोकुल प्रसाद बाँस्कोटा, नेपाल दूरसंचार प्राधिकरणका अध्यक्ष दिगम्बर झा, एसिया प्यासिफिकका महासचिव अर्विन हाओराङ्सी, सूचना, संचार तथा प्रविधि मन्त्रालयका सचिव महेन्द्रमान गुरुङले दक्षिण एसियालाई एकढिक्का बनाएर अगाडि बढ्न सके संचारमा फड्को मार्न सकिने विचार राखे । 

 

मन्त्री बाँस्कोटाले पहुँचयुक्त, सस्तो र सबैले प्रयोग गर्न सक्ने किसिमको संचार सेवा दिनुपर्नेमा जोड दिएका छन् । 

तीन दिनसम्म चल्ने कार्यशालामा दक्षिण एसियाका विभिन्न विज्ञले कार्यपत्र प्रस्तुत गर्ने छन् भने त्यसभित्र रहेर छलफल हुनेछ । 

कार्यशालामा नीति निर्माणसंगै यसको कार्यान्वयन र सेवामा जोड दिइने छ । कार्यशालामा एकअर्का देशको अनुभव पनि साटासाट गरिने हुँदा त्यसले विशेष फाइदा दिने अपेक्षा आयोजक नेपाल दूरसंचार प्राधिकरणले लिएको छ ।  

के भन्छन् त सहायक प्रवक्ता मिश्र 
नेपाल दूरसंचार प्राधिकरणका सहायक प्रवक्ता अच्युतानन्द मिश्रले कार्यक्रमबारे स्पष्ट पार्दै भने, साउथ एसियन टेलिकम्युनिकेसन रेगुरेटर्स काउन्सिलले दुई वर्षका लागि तयार गरेका एजेन्डाभित्र यसपटक पोलिसी, रेगुलेसन र सर्भिस परेको थियो, यसै विषयमा तीन दिनसम्म छलफल हुनेछ, विभिन्न ९ देशका सरोकारवालाले कार्यपत्र प्रस्तुत गर्नेछन्, त्यहाँको अवस्थाबारे जानकारी गराउने छन्, समस्या र समाधानका विषयमा पनि छलफल हुनेछ । यसपटक भौतिक पूर्वाधार, ब्रोडब्याण्ड, कनेक्टिभिटि, मोबाइल टु मोबाइल कम्युनिकेशन तथा बिग डेटा प्रोटेक्सनका विषयमा छलफल हुनेछ ।’

यो कार्यशालामा ८ दक्षिण एसियाली मुलुकसंगै इरानको पनि सहभागीता रहेको छ । 




लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ