arrow

नाटकीय रुप लिएको खेलमा कोलम्बिया बिरुद्ध ईङल्याण्ड बिजयी

विश्वकप फुटबलमा ईङल्याण्ड पहिलो पटक टाइब्रेकरमा बिजयी

logo
प्रकाशित २०७५ असार २० बुधबार
England_Colombia.jpg

काठमाडौं। नाटकीय खेलमा ईङल्याण्डले कोलम्बियालाई टाईब्रेकरमा पराजित गर्दै क्वार्टरफाईनल प्रवेश गरेको छ। ईङल्याण्डले कोलम्बियालाई पेनाल्टीमा ४-३ गोलले पराजित गरेको हो। 

निर्धारित ९० मिनेटको खेलमा १-१को बराबरीमा खेल सकिए पछि थपिएको ३० मिनेटमा पनि दुवै तिरबाट कुनै गोल हुन सकेन र खेल टाईब्रेकरमा गएको थियो। 

खेलको ५७औं मिनेटमा ईङल्याण्डका ह्यारी केनले पेनाल्टी मार्फत गोल गर्दै आफ्नो टोलीलाई १-०को अग्रता दिलाएका थिए। केनले यो विश?वकपमा ६ गोल गरिसकेका छन्। उनी गोल्डेन बुटकालागि अग्र स्थानमा रहेका छन्। ४ गोल सहित दोस्रोमा बेल्जियमका लुकाकु रहेका छन्। 

ईङल्याण्डले लगभग जितीसकेको खेलमा नाटकीय मोड आयो जब कोलम्बियाका येरी मिनाले ९३औं मिनेटमा कर्नरमा पाएको बललाई टाउकोले गोलपोष्टको बाटो देखाए। उनको उक्त गोलले खेल १-१को बराबरीमा पुगेको थियो। 

निर्धारित समयको खेल बराबरीमा सकिए पछि थपिएको समयमा दुवै टोलीबाट कुनै थप गोल हुन सकेन र खेल टाईब्रेकरमा गएको थियो। टाईब्रेकरमा ईङल्याण्डको विश्वकप फुटबलमा पहिलो जित रहेको छ। सन् १९९०, ९८ र २००६को विश्वकपमा ईङल्याण्ड टाइब्रेकरमा पराजित भएको थियो। 

कोलम्बियाकालागि कार्लोस बाका र मातेउस उरिबले पेनाल्टीमा गोल गर्न सकेका थिएनन् भने ईङल्याण्डका हेण्डरसन पेनाल्टीमा गोल गर्न असफल भएका थिए। उक्त जितसँगै ईङल्याण्डले क्वार्टरफाईनलमा स्वेडेनको समाना गर्नेछ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ