arrow

शिक्षक नेता कुटिएकोप्रति आपत्ति 

logo
रमित बिक,
प्रकाशित २०७५ असार २० बुधबार
teacher-joshi.jpg

बाजुरा । नेपाल शिक्षक संघ बाजुराका नेता एवं बजेडी आधारभुत बिद्यालयका निमित्त प्रधानाध्यापक खडकराज जोशीमाथि भएको कुटपिटप्रति नेपाल शिक्षक संघ बाजुराले आपत्ति जनाएको छ । 

गत असार १८ गते सोमबार अपरान्ह ४ बजेतिर बजेडी आधारभुत बिद्यालयको समान ढुवानीका लागि बुढीगंगा नगरपालिका वडा नं ३ अन्तर्गत गुईगाड मुलबाटोमा गइरहेको समयमा सोही वडा बस्ने हंश राना, रामबहादुर राना र कुल अधिकारी लगायतका व्यक्तिहरुको समुहले जोशी माथि कुटपिट धरपकड र गालीगलौज गरेको कायरतापूर्ण हर्कत र घटना प्रति नेपाल शिक्षक संघ बाजुरा घोर भत्र्सना गदैँ ध्यानाकर्षण भएको नेपाल शिक्षक संघ बाजुराका सचिव विपिन बिष्टको हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ । 

साथै उक्त घटना एकजना शिक्षकमाथि नभई सिंगो नेपाल शिक्षक संघ र सम्पूर्ण शिक्षकमाथि आक्रमण भएको बुझाई नेपाल शिक्षक संघ बाजुराको छ । 

देशमा लोकतन्त्र प्राप्ति भई कानुनी राजय स्थापित भई सक्दा पनि द्धन्द्धकालको झल्को दिने गरी गुरिल्ला शैलीमा नीज शिक्षक जोशी माथि भएको आक्रमणमा संलग्न अराजक समुहलाई तत्काल कार्बाही गर्ने नेपाल शिक्षक संघ बाजुरा सम्बन्धित सरोकारवाला निकायको ध्यानाकर्षण गर्छ भनिएको छ । 

साथै दोषीमाथि यथासिघ्र कार्बाहीको प्रक्रिया अगाडि नबढाई निर्दोशहरुलाई न्याय दिलाउन सम्पूर्ण बाजुरेली शिक्षकहरु कडा कदम चाल्न बाध्य हुने बताईएको छ ।

जोशीलाई नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकर्ताले कुटेको बताइएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ