arrow

काँग्रेसका सांसदहरु किन जान्छन संसद?

संसद प्रतिपक्षी को भन्ने कुरा स्थापित गर्न चुक्यो काँग्रेस, समिक्षाका लागि जुट्यो छलफलमा

logo
प्रकाशित २०७५ असार २० बुधबार
congress-meeting.jpg

काठमाडौं। संसदमा प्रतिपक्षीको भुमिका कमजोर भएको भन्दै पार्टी भित्र र बाहिर व्यापक आलोचना भएपछि नेपाली काँग्रेसले संसदीय दलको वैठक बोलाएको छ। 

रचनात्मक प्रतिपक्षीको रुपमा पार्टीको भुमिका प्रभावकारी नभएको भन्दै पार्टीमा असन्तुष्टी बढ्दै गएपछि काँग्रेसका सांसदहरुको बैठक बोलाइएको हो।

सांसदहरुको भुमिका कसरी प्रभावकारी बनाउने तथा पार्टीको उपस्थितिलाई कसरी प्रभावकारी बनाउने भन्ने बारेमा छलफल गर्न दलको वैठक बोलाइएको हो। बुधवार विहान ११ बजेपछि बस्नेगरी काँग्रेस संसदीय दलको वैठक बोलाइएको हो ।

स्वयं पार्टी सभापति शेर बहादुर देउवा उपस्थित भएको वैठकमा सरकारको नीति तथा कार्यक्रममा नेपाली काँग्रेसले मौन स्विकृती जनाएको विषयमा काँग्रेसको आलोचना हुँदै आएको छ। काँग्रेसले नेपाल मजदुर किसान पार्टी जत्तिको पनि संसदीय अभ्यासलाई पालना नगरेको भन्दै आलोचना भएको छ। 

पार्टी भित्र र वाहिरबाट अनेक टिकाटिप्पणी हुन थालेपछि काँग्रेसले शिर्ष नेताहरुको वैठक मंगलवार बोलाएको थियो। सो वैठकमा संसदीय दलको वैठक बोलाएर संसदमा पार्टीको प्रभावकारी उपस्थिति जनाउने बारेमा चर्चा भएको थियो। संसद प्रतिपक्षीको भन्ने कुरालाई स्थापित गराउने बारेमा नेताहरुले आफ्नो धारणा राखेका थिए। 

संसदमा सार्वजनिक चासो र सरोकारका बिषयहरुलाई प्रभावकारी ढंगले राख्ने बिषयमा सांसदहरुलाई पनि नेतृत्वले निर्देशन दिने कार्यक्रम रहेको छ। चिकित्सा शिक्षा विधेयक, अनशनरत डा गोविन्द केसी र गंगामाया अधिकारीले उठाएका विषय, जथाभावी निषेधित क्षेत्र तोकेको बिषय, बाढीपहिरो नियन्त्रण र राहत तथा उद्धारको तयारी, सभामुख र उपसभामुखको व्यवस्था संविधान अनुसार बनाउन पर्नेलगायतका विषयमा जनताको पक्षमा कसरी शसस्त आवाज उठाउने बारेमा काँग्रेसका सांसदहरुको बीचमा छलफल हुने बताइएको छ।

संसदमा र बाहिर पनि प्रतिपक्षीको रुपमा काँग्रेसले सरकारका स्वेच्छाचारी कामहरुको प्रतिरोध गर्न नसकेको भन्दै पार्टी भित्र र बाहिरबाट चर्को आलोचना हुदै आएको छ । संसदमा काँग्रेसका केहि सांसद बाहेक अरु सांसद तलव भत्ता खान मात्र जान्छनकी भन्नेमा काँग्रेसका शुभेच्छुकहरुले प्रश्न उठाउन थालेका छन्। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ