arrow

बेलायतमा चल्यो हिन्दू विद्यालय बचाउने अभियान

logo
प्रकाशित २०७५ असार २१ बिहिबार
swamin-narayan.png

काठमाडौं । बेलायतको स्वतन्त्र हिन्दू धर्मको स्वामीनारायण स्कुल बन्द हुनबाट रोक्नका लागि हस्ताक्षर अभियान चलेको छ । हजारौं मानिसहरुले एक चेन्ज अर्गनाइजेसनमा हस्ताक्षर अभियान सुरु गरेका छन् ।

सन् १९९२ मा स्थापना भएको स्कुल सञ्चालन गर्ने संस्था अक्षर एजुकेसन ट्रस्टले सन् २०२० सम्म पूर्णरुपमा यसबाट बाहिरिने भन्दै स्कुल बन्द गर्ने घोषणा गरेको थियो ।

स्कुलमा अध्ययन गरिरहेका विद्यार्थीहरुका अभिभावकहरुले स्कुल बन्द हुनबाट रोक्न ‘उत्कृष्टताको स्कुल’ नामको एक अभियान सुरु गरेका हुन् ।

अभिभावकहरुले स्कुललाई लेखेको पत्रमा स्कुल बन्द गर्नुको कारणमा नियमकहरु थप गर्नुपर्ने अवस्था, नियुक्तिमा समस्या तथा प्राध्यापकहरु बचाएर राख्ने समस्यालगायतका कुराहरु उल्लेख गरिएको र यो ठिक नभएको बताएका छन् ।

अघिल्लो सातासम्मको अवधिमा यो अभियानलाई समर्थन गर्दै ३५ सय हस्ताक्षर पुगिसकेको छ । यो संख्यामा थप वृद्धि हुने अनुमान गरिएको छ । (एजेन्सी)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ