arrow

धनकुटामा प्रदेश प्रमुख लगायत विभिन्न कार्यालयहरु राख्ने

logo
प्रकाशित २०७५ असार २१ बिहिबार
dhankuta_view_01.jpg.jpeg

काठमाडौं ।  धनकुटामा प्रदेश प्रमुख लगायत संघिय सरकार र प्रदेश सरकारले विभिन्न कार्यालयहरु छिटै राख्ने  विश्वास दिएको बिहिबार सम्वन्धित पक्षसंग भेटघाट तथा छलफलपछि अभियान समितिले जनाएको छ ।

केही महिना अघि धनकुटामा १ नम्वर प्रदेशको अस्थायी राजधानी नराख्ने निर्णय गरेपछि धनकुटामा चहलपहल एक्कासी घट्दै गएपछि धनकुटा बजार व्यवस्थापन समिति,धनकुटा प्रादेशसिक राजधानी अभियान समिति र धनकुटा बचाऔ अभियान समितिले धनकुटामा १ नम्वर प्रदेशको स्थायी राजधानी बनाउन र विभिन्न कार्यालयहरु राख्नका लागी अभियान संचालन गर्ने क्रममा अहिले संघिय  तथा प्रदेश स्तरका विभिन्न कार्यालय तत्काल राख्ने भएको हो ।

 १ नम्वर प्रदेशका मुख्य मन्त्री शेरधन राईले प्रदेशको राजधानी प्रदेश सभाले निर्णय गर्ने भएकाले सम्मानित प्रदेश सभाले गर्ने निर्णय सवैले माल्नु पर्ने  वताउदै प्रदेश सरकारले भने प्रदेश प्रमुखको कार्यालय, मुख्यमन्त्रीको सम्पर्क कार्यालय र प्रदेश स्तरका विभिन्न कार्यालयहरु   धनकुटामा राख्ने त्यसका लागी सहमती गरेर चाडै निर्णय गर्ने भेटघाटको क्रममा विश्वास दिलाउदै नआतिन समेत धनकुटावासीलाई आग्रह गरेको धनकुटा बचाऔ अभियान समितिका संयोजक विजय सन्तोषी राईले वताए । मुख्यमन्त्री राईले संघीय स्तरको कार्यालयहरु पनि धनकुटामा राख्न सहयोग गर्ने वताए ।

यसैगरी राजधानी काठमाडौंमा पनि धनकुटा बचाऔ अभियान समितिले विभिन्न मन्त्रालय ,विभाग तथा कार्यालयहरुमा भेटघाट गरी धनकुटामा पूर्वी पहाडी ४ जिल्ला हेर्ने गरीका कार्यालयहरु राख्न अनुरोध गरेपछि कोशीको पहाडी ४ जिल्लाहरुका लागी यातायत,आन्तरीक राजश्व कार्यालय,परिक्षा बोर्ड  पर्यटन लगायतका कार्यालयहरु धनकुटामा राख्ने विश्वास सम्वन्धित सरोकारवाला निकायले दिएको संयोजक राईले वताए ।

भेटघाटको क्रममा धनकुटाका १ नम्वर प्रदेश स्तरीय मेडिकल कजेल,प्रदेश स्तरीय अस्पताल, प्रदेश स्तरीय आद्योगिक ग्राम, श्रम कार्यालय, शिक्षा ,लोकसेवा आयोग,सिटिभिटिको कार्यालय,स्वास्थ्य,कृषिको कार्यालयहरु स्थापना गर्न समेत माग  गरेको अभियान समितिले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ