arrow

उल्टो झण्डा झुन्डाउने यीनै हुन् सामाजिक विकास मन्त्री

logo
प्रकाशित २०७५ असार २४ आइतबार
sodari-flag.png

काठमाडौं ।  प्रदेश ७ को सामाजिक विकास मन्त्रालयको भवनमा नेपाली राष्ट्रिय झण्डा उल्टो  झुण्डाईएको छ । नेकपाका सांसद मन्त्री रहेको समाजिक विकास मन्त्रालयमा उल्टो झण्डा झु्ण्ड्याएको हो ।

समाजिक विकास मन्त्री दीर्घबहादुर सोडारीले ध्यान नदिएपछि पछिल्लो समय राष्ट्रिय झण्डाको अपमान हुने गरी झण्डा झुण्ड्याइएको देखिएको छ । राष्ट्रिय झण्डाको माथिल्लो भागमा ‘अर्ध चन्द्र’ र तल्लो भागमा ‘ सूर्य’ हुनु पर्छ । तर, मन्त्रालयको भवनमा राखिएको झण्डाको माथिल्लो भागमा ‘सूर्य’  र तल्लो भागमा ‘अर्ध चन्द्र’ रहेको छ ।

उनी तत्कालीन नेकपा एमालेबाट कैलाली निर्वाचन क्षेत्र नम्बर ४ ‘क’बाट निर्वाचित भएका थिए । उनी यसअघि च्यातिएर झुत्रे भएको झण्डा मन्त्रालयमा राखेको भन्दै आलोचित भएका मन्त्री हुन् । लामो समयसम्म मन्त्रालयमा च्यातिएको झण्डा राखेको भन्दै आलोचित भएपछि उनले झण्डा फेरेर नयाँ झण्डा राखे । तर, झण्डाको कुन भागमा कुन चिन्ह हुनुपर्छ भन्ने थाहा पाएनन् । जसकारण फेरि आलोचित भएका छन् ।

सोडारीले प्रदेशको अस्थायी राजधानीको १५ किलोमिटर क्षेत्रभित्र घर भएका प्रदेश सरकारका मन्त्रीले सरकारी आवाश सुबिधा नपाउने व्यवस्था विपरित दुई वटा सरकारी आवास प्रयोग गरिरहेका छन् । सोडारीको धनगढी–१, शिवनगरमा पक्की घर भएपनि मन्त्री भएपछि क्षेत्रीय स्वास्थ्य तालिम केन्द्रमा बस्ने गरेका हुन् । जबकी उनको घर मन्त्रालय र तालिम केन्द्रबाट नजिकै रहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ