arrow

‘गण्डकी’ किन राखेको भन्दै पोखरा बन्द  

logo
प्रकाशित २०७५ असार २५ सोमबार
pradesh-4_(2).jpg

पोखरा । तमुवान मगरात संघर्ष समिति र नेपाल आदिवासी जनजाति महासंघले गण्डकी प्रदेशलाई तमुवान मगरात प्रदेश नाम राख्नुपर्ने मागसहित गरेको गण्डकी बन्दको पोखरामा प्रभाव परेको छ । 

बन्दका कारण बिहानैदेखि सार्वजनिक यातायात सेवा पूर्णरुपमा ठप्प छ भने शैक्षिक संस्थामा पठनपाठन हुन सकेको छैन । पोखरामा बिहानैदेखि अविरल पानी परे पनि बन्दकर्ता बजारका विभिन्न चोकमा बन्द सफल बनाउन परिचालित छन् ।     

बन्द हालसम्म शान्तिपूर्ण नै रहेको कास्की प्रहरीका प्रवक्ता रवीन्द्रमान गुरुङले बताए । प्रदेशसभा बैठकले साविक प्रदेश नं ४ को नाम गण्डकी राख्ने प्रस्तावलाई गत शुक्रबार दुइतिहाई बहुमतले पारित गरेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ