arrow

सडकमा कार्यकर्ता छैनन् तर बन्द छ 

logo
सरिता तिम्सिना पंगेनी 
प्रकाशित २०७५ असार २५ सोमबार
pokhara4.jpg

पोखरा । प्रदेशको नाम जातिय पहिचानका आधारामा राख्नुपर्ने माग गर्दै आन्दोलनरत तमुवान–मगरात संघर्ष समितिले सोमबार गण्डकी प्रदेश बन्द गरेको छ ।  बन्दका कारण सर्वसाधारणलाई कठिनाइ परेको छ । बन्दका कारण सार्वजनीक यातायात संचालन हुन सकेका छैनन् भने मुख्य बजारका पसलहरु पनि बन्द छन् ।

प्रदेशसभाले साविक ४ नम्बर प्रदेशलाई गण्डकी नामाकरण गरेपछि जातिय संघ संस्थाहरु आन्दोलनमा उत्रिएका छन् ।  आन्दोलनलाई नयाँशक्ति, संघीय समाजवादी फोरम र देशभक्त जनतान्त्रिक मोर्चाले समर्थन गरेको छ ।

वन्दका कारण शैक्षिक संस्था  बन्द छन् । निजी गाडी, मोटरसाइकल केहीमात्रामा सञ्चाालनमा आएका छन् । बिहानदेखि नै पोखरामा अविरल वर्षा भएका कारण मानिसहरु र बन्द कर्ता खासै सडकमा देखिएका छैनन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ