arrow

गुफामा थुनिएका १३ मध्ये ९ बालकको सकुशल उद्धार

logo
प्रकाशित २०७५ असार २५ सोमबार
Soccer_Team_Cave_Rescue.jpg

थाइल्याण्ड । थाइल्याण्डमा गुफामा थुनिएका एक जना फुटबल प्रशिक्षक र १२ जना विद्यार्थीहरु मध्ये थप केही बालकलाई सोमबार बाहिर निकालिएको छ ।  थाइल्याण्डको उत्तरी क्षेत्रमा रहेको गुफामा झण्डै दुई हप्ता अगाडी थुनिएकाहरुलाई बाहिर निकाल्ने क्रम आइतबार विहानबाट सुरु भएको थियो ।

स्थानीय समय अनुसार सोमबार बेलुका पाँच बजे उनीहरूलाई गुफाबाट बाहिर निकालिएको थियो । झण्डै छ घण्टा लामो प्रयासपछि उनीहरूलाई बाहिर निकालिएको प्रत्यक्षदर्शीहरूले बताएका छन् ।  बाहिर निकालिएका बालकहरूलाई हेलिकोप्टर मार्फत् सिधै चियाङ रायमा रहेको अस्पताल लगिएको छ ।

घुम्न गएका बेला बाढी आएर गत जुलाई २३ तारिखका दिन उनीहरु गुफामा फसेका थिए । हराएको दिनदेखि खोजी शुरु भए पनि नवौँ दिनमा उनीहरूको अवस्था पत्ता लागेको थियो ।  फसेका १३ जनामध्ये अरु चारजनालाई पहिलो चरणमा आइतबार सकुशल उद्धार गरी बाहिर निकालिएको थियो । उद्धारको कार्य अति कठिन भएकाले हिजो चारजनालाई मात्र बाहिर निकाल्न सकिएको थियो ।

सोमबार पनि उद्धार कार्य स्थानीय समयअनुसार बिहान १० बजे शुरु भएकोमा बेलुका मात्रै उनीहरुलाई बाहिर निकालिएको थियो ।
उद्धारका लागि अन्तर्राष्ट्रिय गोताखोर, उद्धारको क्षेत्रमा कार्यरत विज्ञहरुलाई परिचालन गरिएको छ । साथै उक्त गुफाको उत्तरतर्फ निर्माण गरिएको ढोकामा एम्बुलेन्स पनि पूर्ण तयारी अवस्थामा राखिएको छ ।

उद्धार टोलीमा थाई सेनाको विशेष टोली पनि सहभागी गराइएको छ । उनीहरुलाई बाहिर निकाल्न गुफा वरिपरिको विभिन्न स्थानमा प्वाल पारेर गुफाभित्रको ग्याँस बाहिर फाल्ने र बाहिरबाट अक्सिजन भित्र पठाउने ‘चिम्नी’ बनाइएको छ ।

गुफा बाहिरबाट करीब ३०० मिटर गहिरो प्वाल पारिएको छ । आइतबार यिनै चिम्नीबाट चारजनालाई निकालिएको हो । उद्धार कार्यमा खटिएकाहरुले बाँकीलाई मंगलबारसम्ममा बाहिर निकालिसकिने जानकारी दिएका छन् । सिन्ह्वा



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ