arrow

गुफामा थुनिएका बाँकी पाँच जनाको उद्धार उच्च चुनौती साथ

logo
प्रकाशित २०७५ असार २६ मंगलबार
cave-boys.jpg

थाइल्याण्ड । थाइल्याण्डमा गुफामा थुनिएका एक जना फुटबल प्रशिक्षक र १२ जना विद्यार्थीहरु मध्ये अब बाहिर निकाल्न बाँकी अन्तिम पाँच जनाको लागि तयारी उच्च चुनौतीका साथ भइरहेको छ । चार फुटबल खेलाडी बालकहरु र एक प्रशिक्षकलाई मंगलबार निकालिने उद्धार टोलीले बताएको छ । 

थाइल्याण्डको उत्तरी क्षेत्रमा रहेको गुफामा झण्डै दुई हप्ता अगाडी थुनिएकाहरुलाई बाहिर निकाल्ने क्रम आइतबार बिहानबाट सुरु भएको थियो । 

आइतबार चार जना र सोमबार चार जनालाई निकालिएको थियो । बाहिर निकालिएका बालकहरूलाई हेलिकोप्टर मार्फत् सिधै चियाङ रायमा रहेको अस्पताल लगिएको छ । 

घुम्न गएका बेला बाढी आएर गत जुलाई २३ तारिख (असार ९ गते) उनीहरु गुफामा फसेका थिए । हराएको दिनदेखि खोजी शुरु भए पनि नवौँ दिनमा उनीहरूको अवस्था पत्ता लागेको थियो । 

उद्धारका लागि अन्तर्राष्ट्रिय गोताखोर, उद्धारको क्षेत्रमा कार्यरत विज्ञहरुलाई परिचालन गरिएको छ । साथै उक्त गुफाको उत्तरतर्फ निर्माण गरिएको ढोकामा एम्बुलेन्स पनि पूर्ण तयारी अवस्थामा राखिएको छ । 

उद्धार टोलीमा थाई सेनाको विशेष टोली पनि सहभागी गराइएको छ । उनीहरुलाई बाहिर निकाल्न गुफा वरिपरिको विभिन्न स्थानमा प्वाल पारेर गुफाभित्रको ग्याँस बाहिर फाल्ने र बाहिरबाट अक्सिजन भित्र पठाउने ‘चिम्नी’ बनाइएको छ । 

गुफा बाहिरबाट करीब ३०० मिटर गहिरो प्वाल पारिएको छ । आइतबार यिनै चिम्नीबाट चार जनालाई निकालिएको हो । उद्धार कार्यमा खटिएकाहरुले बाँकीलाई मंगलबारसम्ममा बाहिर निकालि सकिने जानकारी दिएका छन् । 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ