arrow

चौघरेको नखोस मेरा यादहरु... 

logo
प्रकाशित २०७५ असार २६ मंगलबार
nakhosamerayadharu.jpg

चरिकोट। दोलखा सुनखानीका भुबन शिवाकोटी चौघरेको ‘नखोस मेरा यादहरु’ नामक आधुनिक गीति संग्रह सदरमुकाम चरिकोटमा एक कार्यक्रमकाबीच लोकार्पण गरिएको छ । 

सोमबार भिमेश्वर नगरपालिकाका मेयर भरतबहादुर केसीले शिवाकोटीको पाँच वटा गीत रहेको एल्बमको लोकार्पण गरेका छन् । लोकार्पण कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी सुरेश आचार्य, नेपाल पत्रकार महासंघका पुर्ब केन्द्रिय सदस्य चिरञ्जीबि मास्के, गीतकार शिवाकोटी लगायतले गीतका बारेमा आफ्नो धारणा राखेका थिए ।

बिष्णुलक्ष्मी साहित्यिक पुरस्कार समितिको आयोजनामा रहेको कार्यक्रममा दोलखाका चार वटा स्थानिय रेडियोहरु मिडिया पार्टनरको रुपमा रहेका थिए । बिष्णुलक्ष्मी साहित्यिक पुरस्कार समितिका अध्यक्ष बिष्णु सुबेदीको अध्यक्षतामा भएको कार्यक्रममा दोलखाका साहित्यकार पत्रकार लगायतको उपस्थिति रहेको थियो । 

संग्रहमा शिवाकोटीका नखोस मेरा यादहरु, नेरोई बस्छु भन्थें मत, तिमिलाई जति माया, किन हुन्छ त्यसै उज्यालो,मेरो अनिदो रातमा भन्ने पाँच वटा गीतहरु रहेको शिवाकोटीले बताए ।

 संग्रहको निर्माता सुनिता शिवाकोटी, एरेन्जर राम कार्की रेकडिस्ट मिक्सिङ समिर कार्कीले गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ