arrow

किशोरी मिश्राको मृत्युमा बारा प्रहरी किन मौन

राजनितिक दबाबमा अनुसन्धान

logo
मुकेश यादव,
प्रकाशित २०७५ असार २६ मंगलबार
police-mishra.png

बारा ।  कलैया उपमहानगरपालिका ५ कि १७ वर्षीय किशोरी (प्रियंका मिश्रा) को मृत्युबारे बारा प्रहरीले अनुसन्धानमा मौनता देखाएको छ । मृत्यु भएको १४ दिन बितिसक्दा पनि बारा प्रहरीले अहिलेसम्ममा मृत्युको रहस्य पता लगाउन सकेको छैन ।

मिश्राको मृत्युको अनुसन्धान फितलो देखिएको छ । किशोरीको गत १३ गते राति मृत्यु भएको थियो । वीरगन्जको ‘द हिमाल टेक्निकल ईन्च्स्टिच्युट अफ साईन्स कलेज’मा उनी अध्ययनरत थिइन् । गत असार १२ गते आफ्नो घर कलैया आएकी किशोरीको १३ गते मंगलबार राति मृत्यु भएको थियो । कुनै रोगले मृत्यु भएको हो कि, हत्या भएको हो त्यसको अहिलेसम्म बारा प्रहरीले पता लगाउन सकेको छैन ।

१२ गते कलेजबाट घर आउनु र १३ गते राती मृत्यु हुनु रहस्यमय बनेको छ । मिश्राको बुवा शिक्षक ब्रजेश मिश्राले कलेजबाट १२ गते घर ल्याएका थिए । घरमा एम्बुलेन्स आएपछि शिक्षक मिश्राको श्रीमतीको हृदयघात भएको एम्बुलेन्सबाट उपचार गराउन अस्पताल लगेको छिमेकीहरुले बताएका छन् । भोलिपल्ट शिक्षक मिश्राको कलैयास्थित घरमा रुवाबासी चलेपछि छोरीको मृत्यु भएको भनेर थाहा पाएको छिमेकीहरुले बताएका छन् ।

अस्पताल लैजाँदा मृतक किशोरीको आमालाई उपचार गराउन अस्पताल लग्नु छिमेकीहरुलाई जानकारी दिनु र भोलीपल्ट छोरीको मृत्यु भएको भनेर घरमा रुवाबासी चल्नु झन् रहस्यमय बन्दै गएको छ । घटनामा दुईवटा एम्बुलेन्स र मोटरसाईकलको कलैया अस्पतालभन्दा एक सय मिटरको दूरीमा बरगाछीसम्म प्रयोग भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । दोस्रो एम्बुलेन्स र पहिलो एम्बुलेन्स दुवैकोबीचको सत्यता स्थापित हुन सकेको छैन ।

दोस्रो एम्बुलेन्सको समयलाई स्थापित गर्न भने बयानको आधारमा कलैया उपमहानगरको संवेदनशील ठाउँमा सिसि क्यामराको फुटेज, वीरगंज महानगरको केही ठाउँमा सिसि क्यामरा लगाएको र दुवै ठाउँको क्यामरा मिलानले सत्यलाई केहीहदसम्म  तथ्यसँग जोडन सकिन्छ । यसैगरी प्रसौनी गाउँपालिकामा समेत लगाइएको सिसिटिभीले समेत मद्दत गर्छ ।  कुन समयमा एम्बुलेन्स बदलियो सो समयको आधारमा सहजै कथित एम्बुलेन्स स्थापित गर्न सकिन्छ । कलैया, प्रसौनी  तथा वीरगंजको ठाउँमा लगाईएको सिसिटिभिले समयको आधारमा घटनाको सत्य नजिक पुग्न सकिन्छ । तर अहिलेसम्म बारा प्रहरीले एउटै जवाफ दिन्छन्–अनुसन्धानमा छौँ । दुईवटा एम्बुलेन्स प्रयोग भएको अवस्थामा पहिलो एम्बुलेन्समा आमालाई लगिएको कि छोरीलाई लगिएको चालकको बयानको आधारमा पता लगाउन सकिन्छ ।

किशोरीको हृदयघातबाट मृत्यु भएको भनिए तापनि अहिले आएर त्यो बयान पल्टिएर पेटको दुखाईबाट मृत्यु भएको बताइएको छ । मृतक किशोरीलाई कलैया अस्पताल नलगी वीरगन्जतर्फ लैजाने क्रममा गण्डक नहरसम्म पुग्दा बाटोमै मृत्यु भएको बताइएको छ । वास्तवमा बिरामीलाई मोटरसाईकलबाट वरगाछीसम्म लगिएको हो की होइन ? मोटरसाईकलमा बिरामीलाई लग्ने को को रहेका थिए ? भन्ने जस्ता प्रश्नहरु निरुत्तरित छन् ।  

किशोरीलाई कलैया अस्पतालमा प्रारम्भिक उपचार गराइएको छैन भने, कलैयामा रहेका प्राइभेट क्लिनिकमा समेत उपचारको लागि लगिएको छैन । बिरामीलाई उपचार गराउन प्रयोग गरिएको मोटरसाइकल फिल्मी र सिरियलमा गरिएको काल्पनिक कथा जस्तै देखिएको छ । किशोरीको मृत्युपछि शवको पोष्र्टमार्टम नै नगरी १३ गते राती नै मृतकका बुवा मिश्राले आफनो पुराना गाउँ सुवर्ण गांउपालिका ४ हर्दिया लगेर दाहसंस्कार गरेका थिए । मृतक युवतीका बुवा नेरामावि सिसहनियाका प्रधानध्यापक समेत रहेका छन् ।

बारा प्रहरीले अनुसन्धानको लागि मृतककी बुवा ब्रजेश मिश्रालाई पक्राउ गरेपनि राजनीतिक दबाबमा आएर यस्तो संवेदनशील घटनामा जमानीमा छाडेका थिए । यस्तो संवेदनशील घटनामा पनि अनुसन्धान नै नगरी बारा प्रहरीले छोडेपछि चर्चाको विषय बनेको छ । किशोरीको मृत्युको विषयमा अनुसन्धान भइरहेको र चाँडै नै परिणाम आउने बाराका प्रहरी नायब उपरिक्षक रंजित सिंह राठौरले बताए । घटनासम्बन्धी अहिले केही पनि नभएको अनुसन्धान जारी रहेको बाराका प्रहरी उपरिक्षक मिरा चौधरीले बताइन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ