arrow

फ्रान्स विश्वकप फुटबलको फाईनलमा, बेल्जियम बाहिरीयो

logo
प्रकाशित २०७५ असार २७ बुधबार
france_belgium.jpg

काठमाडौं। सन् १९९८को विश्वकप बिजेता फ्रान्स रसियामा जारि विश्वकप फुटबलको फाईनलमा प्रवेश गरेको छ। विश्वकपमा उपाधि दावेदार मानिएको बेल्जियमलाई १-० गोलले पराजित गर्दै फ्रान्स फाईनल प्रवेश गरेको हो। 

दुवै टोलीका बिच खेल प्रतिस्पर्धात्मक रहेको थियो। पहिलो हाफमा दुवै टोलीबाट कुनै गोल हुन सकेको थिएन। दुवै टोलीले आक्रमक फुटबल खेलेका थिए। दुवै पक्षबाट केही खतरनाक आक्रमणहरु भएका भए पनि गोलमा परिणत हुन सकेको थिएन।

खेलको ५१औं मिनेटमा फ्रान्सका स्यामुएल उम्टिटीले कर्नरमा ग्रिजम्यानले गरेको प्रहारलाई टाउको मार्फत जाली चुमाएका थिए। खेलमा बेल्जियमले ६५ प्रतिशत समय बल आफ्नो पक्षमा राखेको थियो।

धेरै बल आफ्नो नियन्त्रणमा राखेको भए पनि बेल्जियम भन्दा फ्रान्सले पोस्टमा बढी आक्रमण गरेको थियो। फ्रान्सले १९ आक्रमण गरेको थियो भने बेल्जियमले ९ पटक मात्र आक्रमण गरेको थियो। 

सन् १९९८को बिजेता फ्रान्स सन् २००६मा भएको विश्वकपमा दोस्रो भएको थियो। बेल्जियमको यो दोस्रो विश्वकप सेमीफाईनल खेल हो। सन् १९८६मा बेल्जियम अर्जेन्टिनासँग सेमीफाईनलमा पराजित भएको थियो।

फ्रान्सले फाईनलमा ईङल्याण्ड र क्रोएसिया बिच हुने दोस्रो सेमीफाईनलको बिजेतासँग खेल्ने छ। बेल्जियमले तेस्रो स्थानकालागि दोस्रो सेमीफाईनलको पराजित टोलीसँग खेल्ने छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ