arrow

इङ्ल्याण्ड र क्रोएसियाको ‘गुडलक’ खेल

logo
प्रकाशित २०७५ असार २७ बुधबार
england-croatia.jpg

काठमाडौं । २१ औं शताब्दीमा उल्लेखनीय खेल पस्किन नसकेको इङल्याण्ड र अभागी नै सावित क्रोएसियाले यसपटक रुस विश्वकपमा त्यो उपमा बदल्ने सोचमा छन् । सेमिफाइनलसम्म आइपुग्दा दुवै भाग्यमानी हुँदै आएका छन् । उनीहरुको रुस विश्वकप ‘गुडलक’ मानिएको छ । 

थप गुडलक बनाउन फाइनलका लागि इङ्ल्यान्ड र क्रोएसिया बुधबार राति ११ः४५ मस्कोको मैदानमा आमने–सामने हुँदैछन् । यो खेलको विजेताले उपाधिका लागि फाइनलमा फ्रान्सको सामना गर्नेछ । 

फ्रान्सले मंगलबार राति बेल्जियमलाई हराएको थियो । 

कस्तो छ इङ्ल्याण्ड–क्रोएसिया यात्रा ?

सन् १९६६ मा पहिलो उपाधि जितेको इङ्ल्यान्डले त्यसपछि उपाधिको मुख अर्थात् फाइनलमा टेक्न पाएको छैन । सन् १९९० मा इटालीमा सम्पन्न विश्वकपमा सेमिफाइनल सम्मको यात्रा गरेको थियो । तर पश्चिम जर्मनीलाई पेनाल्टी सुटआउटमा नतिजा सुम्पिएपछि इङ्ल्यान्डको सपना चकनाचूर भएको थियो । त्यसपछिका विश्वकप इङ्ल्यान्डका लागि सम्झनलायक बनेको छैन। यसअघिको विश्वकपमा त इंगल्याण्ड समूह चरणबाटै बाहिरिएको थियो । 

क्रोएसिया पनि पीडित छ । सन् १९९८ मा फ्रान्समा सम्पन्न विश्वकपमा स्वतन्त्र राष्ट्रका रूपमा पहिलो पटक सहभागिता जनाएको क्रोएसिया आयोजकसँग सेमिफाइनलमा २–१ ले निराश बनेको थियो । पहिलो सहभागितामै चमत्कार गरे पनि त्यसपछिको क्रोएसियाको यात्रा उल्लेखनीय हुन सकेन । 

पछिल्लो विश्वकपबाट ब्राजिल समूह चरणबाटै बाहिरिएको थियो। यसपटक फेरि अप्रतयाशित तरिकाले अगाडि बढेको क्रोएसियासंग आशा बढी छ । खेलाडी तथा प्रशिक्षक विगत बिर्सेर इतिहास रत्न अगाडि बढ्ने प्रतिक्रिया दिइरहँदा सेमिफाइनल रोचक हुने अनुमान गर्न सकिन्छ । 

इङ्ल्याण्ड पनि आतुर छ इतिहास रच्न । इङ्ल्याण्डका खेलाडी तथा प्रशिक्षक पनि जित नै विकल्प भएको देख्छन् । राउन्ड अफ सिक्सटिनमा इङ्ल्याण्डले कोलम्बियालाई र क्रोएसियाले डेनमार्कलाई हराएको थियो । दुवै खेल पेनाल्टी सुटआउटमा सकिएका थिए । 

क्वार्टरफाइनलमा स्वीडेनलाई हराउँदै इङ्ल्याण्ड र आयोजक रुसलाई पेनाल्टी सुट आउटमै हराउँदै क्रोएसिया सेमिफाइनलमा पुगेको हो । क्रोएसियाले नकआउट चरणमा पेनाल्टी सुटआउटमा सफलता हात पारेको छ । उसलाई पेनाल्टी फाप्ने हो भने बुधबारको खेलमा पनि उसले पेनाल्टी सुटआउट सम्मको यात्राका लागि बराबरी खेल्न सक्नेछ । 

तर इङ्ल्यान्डसंग मुख्य खेलाडी ह्यारी केन नै कप्तान छन् । उनी सर्वाधिक गोलकर्ता पनि हुन् । उनी जारी प्रतियोगितामा ६ गोल गर्दै उच्च गोलकर्ताको सूचीमा सबभन्दा अगाडि छन् । 

सम्भवतः कुनै चमत्कार नभए केनले नै गोल्डेन बुट पाउने छन् । किनकि निकटतम प्रतिद्धन्द्धीहरु ४ गोल गरेका बेल्जियमका स्ट्राइकर रोमेलु लुकाकु, पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डो र रूसका मिडफिल्डर डेनिस चेरिसेभ भिडन्त मैदानबाट बाहिरिइसकेका छन् । 

यता समूह चरणको पहिलो खेलमा नाइजेरियालाई पराजित गरेको क्रोएसियाले दोस्रो खेलमा अर्जेन्टिनामाथि सहज जित हात पारेको थियो । अर्जेन्टिनालाई हराउने टिमको साहस बेग्लै हुने गर्छ जुन क्रोएसियामा पनि देखिएको छ । 

जारी प्रतियोगिताका यसअघिका खेलहरु हेर्दा दुवै टोली सशक्त छन् । कोहीभन्दा कोही कम छैन भन्ने देखिएको छ । ‘गुडलक कसलाई लाग्छ त्यो त बिहिबार बिहान नतिजाले नै देखाउने छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ