arrow

विद्यालय शुल्क नतिरेपछि ५९ बच्चीलाई थुनियो

logo
प्रकाशित २०७५ असार २७ बुधबार
students1.jpg

काठमाडौं । आजकलका निजी विद्यालयको पैसामुखी ब्यापार यतिसम्म फस्टाएको छ कि जसले जस्तोसुकै अमानवीय हर्कत गर्न कसैले रोक्दैन । त्यस्तै भएको छ भारतको दिल्लीस्थित एक स्कुलमा पनि । 

राजधानीको राबिया गल्र्स पब्लिकले सोमबार शुल्क जम्मा नगरेको भन्दै ५ देखि ८ वर्षका ५९ बच्चीहरु स्कुलमै थुनिए । उनीहरुलाई ५ घण्टासम्म शौचालय जान नदिइ थुनिएको थियो । 

यो घटना मंगलबार सार्वजनिक भएको हो । बच्चीहरुका अभिभावकले बच्चीहरुलाई लिन १२ः३० बजे स्कुल पुग्दा बच्चीहरु कक्षामा थिएनन् । 

शिक्षकले शुल्क नतिरेकाले उनीहरुको हाजिर नभएको बताए । स्कुलकी प्रधानाध्यापक फराह दीबा खानको निर्देशनमा उनीहरुलाई छुट्टै गुम्सिने कोठामा राखिएको थियो । 

गर्मीले अताल्लिने ठाउँमा उनीहरुलाई गुम्साएर राखिएको थियो । पानी पनि पिउन दिइएको थिएन । अभिभावकले भने सेप्टेम्बरसम्मकै फि तिरेको बताएका छन् । 

एक अभिभावकले त स्थानिय मिडियालाई चेकसमेत देखाएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ