arrow

राष्ट्रबैंकले मौद्रिक नीति सार्वजनिक गर्दै

logo
प्रकाशित २०७५ असार २७ बुधबार
nepal-rastra-bank.jpg.jpeg

काठमाडौँ । आर्थिक वर्ष २०७५–७६ का लागि विनियोजित बजेटका लक्ष्यलाई सार्थक बनाउने बलियो आधार लिएर बुधबार नयाँ मौद्रिक नीति सार्वजनिक हुँदैछ।

नेपाल राष्ट्र बैंकले अपराह्न आगामी आवका लागि नयाँ मौद्रिक नीति सार्वजनिक गर्न लागेको राष्ट्र बैंकका प्रवक्ता नारायण पौडेलले जानकारी दिए ।

राष्ट्र बैंकले विनियोजित बजेट, वर्तमान वित्तीय अवस्था र चालू आवको मौद्रिक नीति कार्यान्वयनको सकारात्मक तथा नकारात्मक अवस्थाको विश्लेषणका आधारमा आगामी आवका लागि मौद्रिक नीति सार्वजनिक गर्न लागेको हो । 

आगामी आवको बजेटले ८ प्रतिशतको महत्वकांक्षी आर्थिक वृद्धिदर एवं ६.५ प्रतिशतको मुद्रास्फ्रिति दर कायम गर्ने लक्ष्य राखेको छ । यी लक्ष्यलाई मौद्रिक नीतिले सम्बोधन गर्ने विश्वास लिइएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ