arrow

पाल्पा उवासको कानूनी सल्लाहाकारमा देवकोटा नियुक्त

logo
प्रकाशित २०७५ असार २७ बुधबार
shiva_debkota.jpg

पाल्पा । उद्योगी व्यवसायिहरुको छाता संगठन पाल्पा उद्योग वाणिज्य संघको कानूनी सल्लाहाकारमा अधिवक्ता शिवप्रसाद देवकोटा नियुक्त भएका छन् । संघको मंगलबार बसेको बैंठकले रिक्त रहेको कानूनी सल्लाहाकारमा देवकोटालाई नियुक्त गरेको हो ।

जेठ १८ गते हुमिनमा बस दुर्घटनामा लोकप्रसाद ढकालको निधन भएपछि रिक्त रहेको कानूनी सल्लाहाकारमा देवकोटालाई नियुक्त गरिएको पाल्पा उद्योग वाणिज्य संघका अध्यक्ष महोन प्रसाद श्रेष्ठले जानकारी दिए । तानासेन नगरपालिका ४ निवासी देवकोटा विगत ३२ वर्ष देखि कानूनी क्षेत्रमा निष्पक्ष र विवादरहित रुपमा पहिचान बनाईसकेका व्यक्ति हुन् ।

 उनी जिल्लाका विभिन्न सरकारी गैरसरकारी संघ सस्थाहरुमा कानूनी सल्लाहाकारका रुपमा रहेका छन् । प्रजातान्त्रिक कानूनी ब्यवसायी संघ (डिएलए) का जिल्ला अध्यक्ष तथा बार एसोसियसनका केन्द्रीय पार्सद् समेत रहेका देवकोटा तानसेन नगरपालिकाको कानूनी सल्लाहाकार, भवन तथा बाटो निर्माण कर्मी संघ, पाल्पा ट्याक्टर समिति, फर्निचर व्यवसायि संघ लगायतका  दर्जनौ संघ संस्थाहरुमा कानूनी सल्लाहाकारका रुपमा संलग्न रहेका छन् ।   

पाल्पा उद्योग वाणिज्य संघको मंगलबार बसेको २९ औं बैठकले रिक्त रहेका पदहरुमा उपनिर्वाचन गर्ने निर्णय गरेको छ । संघले उद्योग उपाध्यक्ष, एसोसियट कार्यसमिति सदस्यमा रहेको रिक्त पदहरुमा निर्वाचन गर्ने निर्णय गरेको संघका अध्यक्ष महोन प्रसाद श्रेष्ठले बताए । उद्योग उपाध्यक्षमा निर्वाचन भएका राजु श्रेष्ठको हृदयघातका कारण मृत्यु भए पछि  पद खाली रहेको थियो ।

त्यस्तै गरी एसोसियट कार्यसमिति सदस्यमा विष्णुमान बज्रचार्य हुमिनमा बस दुर्घटनामा परी मृत्यु भए पछि पद खाली रहेको छ । संघले रिक्त पदहरुको साउन १२ गते उपनिर्वाचन गर्ने भएको हो । निर्वाचनको तयारीका लागि त्रिभुवन बहुमुखि क्याम्पसका क्याम्पस प्रमुख जीवन थापालाई निर्वाचन अधिकृतको जिम्मेवारी दिएको संघका अध्यक्ष श्रेष्ठले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ