arrow

मालपोत कार्यालयमा आफै छापा हान्न पुगे मन्त्री खनाल 

logo
प्रकाशित २०७५ असार २७ बुधबार
khanal_g.JPG

काठमाडौं । कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणी खनाल नेततृत्वको टोलीले काठमाडौं कलङ्कीमा रहेको मालपोत कार्यालयमा अनुमगन गरेको छ । मन्त्री खनाल नेतृत्वमा गएको राज्यमन्त्री रामकुमारी चौधरी तथा मन्त्रालयका सचिव गोपीनाथ मैनाली सहितको टोलीले कलङ्की मालपोत कार्यालयमा वुधबार अनुमगन गरेको हो ।

अनुमगनका क्रममा मन्त्री खनालले कलङ्की मालपोत कार्यालयलाई निर्देशन दिएर फर्केका छन् । मन्त्री खनालले फटाफट काम गर्नु पर्ने, समयमै काम गरी सेवाग्राहीको चाप बढ्न नदिने, मालपोत कार्यालयलाई शुद्ध बनाउने लगायतका विभिन्न निर्देशन दिइएको मन्त्रीको सचिवालयले जानकारी दिएको छ । 

अनुगमनका क्रममा मन्त्री खनालले प्राय जसो मालपोत कार्यालयहरु भ्रष्टारचारको अखडा बनिरहेका सुनिन आएको भन्दै त्यसको उनमुलनका लागि अुनमगन गरिने बताए । त्यस्तै मन्त्री खनालले मालपोत कार्यालय प्रमुखबाट केही सुझाव मिेत लिएका थिए । कलङ्की मालपोत कार्यालयका अधिकृत नविन किशोर अधिकारीले आफु सक्दो सेवाग्राहीलाई समस्या नपरोस् र छिटो काम होस् भन्ने उद्येश्यका असाथ नै आफुहरु लागि परेको जवाफ दिए ।

त्यस्तै पछिल्लो समय कलङ्की मालपोत कार्यालयलाई अनलाइनबाट फारम भर्ने र काकगजात स्क्यान गरेर राख्ने कार्यमा जुटेको समेत अधिकारीले जवाफ दिएको मन्त्री सचिवालयले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ