arrow

गुफाबाट निकालिएकाको विषयमा हलिउडमा चलचित्र बन्ने 

logo
प्रकाशित २०७५ असार २८ बिहिबार
thai-cave.jpg

काठमाडौं । थाइल्याण्डको थाम लुआङ गुफामा १७ दिनसम्म फसेका जुनियर फुटबल टिमका खेलाडीहरुको बारेमा हलिउडले चलचित्र बनाउने भएको छ । 

चलचित्रमा खेलाडीहरुको गुफासम्मको यात्रा, उद्धारका लागि भएको संघर्ष र उनीहरुले १७ दिनसम्म बिताएको प्रसंगलाई मिसाइने छ । 

यो फिल्म ‘गड्स नट डेड’ चलचित्र बनाएको पियोर फ्लेक्स स्टुडियोले बनाउने तयारीसमेत गरिसकेको छ । 

यो चलचित्र बनाउन ३० देखि ६० मिलियन डलरसम्म खर्च हुने अनुमान गरिएको छ । 

उद्धारका क्रममा समन कुननको मृत्यु भएको थियो । मृतक थाइल्याण्डवासी प्योर फ्लेक्स स्टुडियोका सीइओ तथा सहसंस्थापक मिचेल स्कटकी पत्नीका साथी थिए । 

यसले उनलाई चलचित्र निर्माण गर्नका लागि मनैदेखि झक्झक्याएको हो । स्कटले यो घटना हुँदादेखि नै गोताखोर र गुफामा फसेका बच्चाहरुका अभिभावकसंग सम्पर्क बनाएका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ