arrow

भाजपाले जित्यो भने भारत ‘हिन्दू पाकिस्तान’ बन्छ 

logo
प्रकाशित २०७५ असार २८ बिहिबार
bjp1.jpg

काठमाडौं । भारतमा सन् २०१९ मा आम निर्वाचन हुँदैछ । यो निर्वाचनका लागि अहिलेदेखि नै ठूलो आरोप प्रत्यारोप सुरु हुन थालेको छ । अहिले भारतीय जनता पार्टी भाजपाको सरकार छ । 

प्रतिपक्षीमा रहेको काँग्रेस आईका नेता शशि थरुरले भनेका छन् कि यदि आगामी चुनावमा भाजपा सत्तामा आयो भने संविधान पनि बदल्छ र भारतलाई ‘हिन्दू पाकिस्तान’ मा बदल्छ । 

तिरुवन्तपुरममा भएको कार्यक्रममा थरुरले कटाक्ष गर्दै भने, ‘भारत सरकारलाई ठूलो परिवर्तनका लागि संविधान संशोधन गर्नु पर्ने जरुरी छ । यसका लागि उसलाई लोकसभा र राज्यसभामा दुई तिहाई बहुमत तथा आधा राज्यमा बहुमत जरुरी छ । राज्यसभामा मात्र बहुमत छैन । चार पाँच वर्षपछि राज्यसभामा पनि बहुमत हासिल हुन सक्छ ।’

थरुरले भनेका छन्, ‘जब भाजपाले तीन तहमा बहुमत हासिल गर्नेछ तब भएको संविधानलाई फालेर नयाँ संविधान लेख्नेछ । नयाँ संविधान हिन्दू राष्ट्र अनुरुप हुनेछ । अल्पसंख्यकको लागि समान अधिकार हट्ने छ । फेरि भारत एक ‘हिन्दू पाकिस्तान’ हुनेछ । त्यो भारत हुनेछैन जहाँ गान्धी, नेहरु तथा स्वतन्त्रताका लागि लडेका स्वतन्त्र सेनानी थिए ।

Shashi Tharoor says BJP Win In 2019 Will Lead To Creation Of Hindu Pakistan

थरुरको यो बयानलाई भने भाजपाले काँग्रेस बेशर्म भएको आरोप लगाएको छ । भाजपा प्रवक्ता संबित पात्राले भनेका छन्, ‘बेशर्म काँग्रेस भारतलाई बदनाम गर्न र हिन्दूहरुको अपमान गर्न कुनै मौका छोड्दैन ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ