arrow

बर्खे भेलमा बजेट बगाउँदै सरकार, तीन दिनमा साढे २६ अरब खर्च

logo
प्रकाशित २०७५ असार २८ बिहिबार
asare_bikas_.jpg

काठमाडौं । सरकारले आर्थिक वर्षको अन्तिममा बजेट खर्चलाई तिव्रता दिएको छ । महालेखा नियन्त्रकको कार्यालयका अनुसार सरकारले पछिल्लो तीन दिनमा साढे २६ अरब बढी रुपैयाँ खर्च गरेको हो । 

सरकारले असारे विकासमा यति धेरै खर्च गरेको हो । आर्थिक वर्षको अन्तिम समयमा बर्खे भेल बगे जस्तै खर्चको अनुपात बढेको छ । विकास खर्चका नाउमा यो आर्थिक वर्षको बजेट सक्ने उद्येश्यले सरकार अन्धाधुन्ध खर्च गरिरहेको हो । असारे झरीमा समेत सडक कालोपत्रे गर्ने काम निर्वाध भईरहेको छ । 

महालेखा नियन्त्रक कार्यालयका अनुसार गएको सोमबार यता तीन दिनमा २६ अरब ७१ करोड ५९ लाख रुपैयाँ खर्च भएको छ । जसमा पुँजीगत तर्फ १३ अर्ब रुपैयाँ भन्दा बढी र चालु खर्चतर्फ १३ अरब ६७ करोड  रुपैयाँ भन्दा बढी छ ।

सरकारले वुधरबारसम्म कुल ९ खरब ९९ अरब २० करोड रुपैयाँ खर्च गरेको छ । चालु आर्थिक वर्षका लागि सरकारले कुल बजेट १२ खरब ७९ अरब ७४ करोड रुपैयाँ विनियाजन गरेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ