arrow

ग्यास लिक हुँदा छ भारतीयको मृत्यु, नेपालीहरु सबै सुरक्षित

logo
प्रकाशित २०७५ असार २९ शुक्रबार
gasleak.jpg

काठमाडौं । भारतको आन्ध्रप्रदेशस्थित गेरुडा स्टिल कम्पनीमा कार्बन मोनो अक्साइड ग्यास लिक हुँदा ६ जनाको मृत्यु भएको छ । बिहिवार बेलुका भएको ग्यास लिकबाट छ जना स्थानियको ज्यान गएको हो । कम्पनीमा काम गरिरहेका चार जना गन्भिर घाइते भएका छन् ।

उनीहरुको उपचार भैरहेको र वस्था चिन्ताजनक रहेको चिकित्सकहरुले बताएका छन् ।

सो कम्पनीमा काम गरिरहेका अन्य नेपालीहरु सुरक्षित रहेका छन् । सोही कम्पनीमा काम गरिरहेका बैतडीका महेश चन्दका अनुसार त्यहाँ करिब एक दर्जन बढी नेपालीहरु कार्यरत छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ