arrow

मेडिकल एसोसिएसनको प्रश्न, राज्यले के सहयोग खोजेको हो ? 

logo
प्रकाशित २०७५ असार २९ शुक्रबार
nepal-medical-association.jpg

काठमाडौं । आमरण अनसनरत डा गोविन्द केसीको स्वास्थ्य खस्किँदै गर्दा सरकारले भने उनलाई बचाउने पहल गरेको छैन । १४ दिनदेखि जुम्लामा अनसनरत डा केसीलाई बुधबार (असार २७) काठमाडौं ल्याएर उपचार गर्ने सरकारले बताए पनि व्यवहारमा उतारेको छैन । 

सरकारले नेपाल मेडिकल एसोसिएसनले सहयोग नगरेका कारण डा केसीलाई काठमाडौं ल्याउन नसकेको आरोप लगाएको छ । 

हुनत डा केसीलाई मेडिकल एसोसिएसनको सहयोग नै भएन भन्नु गलत हो । राज्यले चाह्यो भने तत्काल ल्याएर उपचार गर्न सक्छ । 

यसबारे एसोसिएसनका अध्यक्ष डा मुक्तिराम श्रेष्ठले सरकारले एसोसिएसनबाट के सहयोग खोजेको हो भनी प्रश्न गरे । 

उनले भने, ‘वार्ता कमिटि बनाउने हो भने डा. केसीलाई ल्याउन जान्छौं भनेर भनेका थियौं सरकारले टेरेन । अरुलाई दोष लगाएर सरकार पन्छिएको छ । नियत ठीक नभएको पाइयो ।’

डा श्रेष्ठले भने, ‘१५ औं पटकसम्म एउटै मागलाई लिएर आमरण अनसन बस्नुपर्ने अवस्था आउनु जत्तिको दुर्भाग्य के हुन सक्छ ?’

के गर्दैछ शुक्रबार मेडिकल एसोसिएसन ? 
डा केसी बचाउ अभियानका लागि मेडिकल एसोसिएसनले दवावका कार्यक्रमहरु थालिसकेको छ । बिहान १० देखि ११ बजेसम्म १ घण्टा प्रत्येक अस्पताल अगाडि धर्ना बस्ने, नेताहरुलाई भेटेर माग पूरा गर्न दवाव दिने र पेशागत समूहका व्यक्तिहरुसंग छलफल गर्ने कार्यक्रम रहेको डा श्रेष्ठले बताए । 

रेजिडेन्ट चिकित्सकहरु पनि आन्दोलित
शिक्षण अस्पताल महाराजगञ्जका रेडिजेन्ट चिकित्सक र इन्टर्नहरुले माइतीघर मण्डलामा ओपीडी सेवा संचालन गर्ने भएका छन् । बिहान १० देखि ११ बजेसम्म उनीहरुले ओपीडी संचालन गर्नेछन् । 

सोही स्थानमा सामूहिक भेला प्रदर्शन गरी दिउँसो पत्रकार सम्मेलन गर्ने कार्यक्रम रहेको नेशनल रेडिजेन्टडक्टर्स एसोसिएसनका अध्यक्ष डा सुमित पाण्डेले जनाएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ