arrow

चीनको रसायनिक प्लान्टमा विष्फोट, १९ जनाको मृत्यु 

logo
प्रकाशित २०७५ असार २९ शुक्रबार
china2.jpg

काठमाडौं । चीनको सिचुवान प्रान्तमा रहेको एक रसायनिक प्लान्टमा विष्फोट भएको छ । यो विष्फोटमा परी १९ जना मानिसहरुको ज्यान गएको छ भने १२ जना मानिसहरु घाइते भएको स्थानीय सञ्चारमाध्यमहरुले बताएका छन् । 

सिचुवान प्रान्तमा रहेको यिबिन हेंडा टेक्नोलोजीले सञ्चालन गरिरहेको प्लान्टमा विष्फोट भएको हो । समाजिक सञ्जालहरुमा पाइएको तस्बीरहरुमा यो विष्फोटपछि ठुलो आगलागी भएको छ र धुवाँको मुस्लो उठेको देखिएको छ । 

अहिलेसम्म विष्फोट हुनुको कारण भने पत्ता लागेको छैन । सञ्चारमाध्यमहरुले बताएअनुसार यो घटना विहीबार बेलुका भएको हो भने शुक्रबार बिहान मात्र घटनाको विषयमा थाहा भएको हो । यो विष्फोटमा परी घाइते भएका मानिसहरुको अहिले स्थानीय अस्पतालमा उपचार भइरहेको र उनीहरुको अवस्था स्थिर रहेको बताइएको छ । 

अधिकारीहरुले यो घटनाको विषयमा अुनसन्धान भइरहेको बताएका छन् । यो प्लान्टबाट खाद्यान्न तथा मेडिकलका लागि चाहिने रसायनहरु निर्माण हुँदै आएको थियो । 

चीनमा यसअघि पनि ठुला रसायनिक प्लान्टहरु विष्फोट हुँदै आएकोमा यस किसिमको विष्फोट भएको हो । सन् २०१५ मा चीनको टियाजिन प्रान्तमा रहेको एक रसायनिक प्लान्ट विष्फोट हुँदा एक सय ७३ जना मानिसहरुको ज्यान गएको थियो । (एजेन्सी)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ