arrow

मैले प्रधानमन्त्रीको आलोचना गरेको छैन : ट्रम्प

logo
प्रकाशित २०७५ असार ३० शनिबार
theresa-may-trump-uk.jpg

एलिसबरी, संयुक्त अधिराज्य। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ब्रेक्जिट योजनाबारे बेलायती प्रधानमन्त्रीलाई आलोचना नगरेको बताएका छन्। अमेरिकी राष्ट्रपति ट्रम्पले मेको आलोचनाबारे आएका सबै खबरहरू ‘भ्रामक समाचार’ मात्र भएको शुक्रबार बताएका हुन्।

“मैले प्रधानमन्त्रीको आलोचना गरेको छैन...यसलाई भ्रामक खबर भनिन्छ,” ट्रम्पले द सन पत्रिकाको शुक्रबारको अन्तवार्ता संस्करणका विषयमा बोल्दै भने। यसैबीच ट्रम्पले अन्तर्वार्तामा बे्रक्जिटका सम्बन्धमा बेलायती प्रधानमन्त्री टरिजा मेको आलोचना गरेका भन्दै राजधानी लण्डनमा अमेरिकी राष्ट्रपतिको विरोधमा आयोजना गरिएको प्रदर्शनमा शुक्रबार दशौँ हजार नागरिकले सहभागिता जनाएका छन्। एएफपी



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ