arrow

संघीय मामिला मन्त्रालयको सर्बेक्षण; २३ भुमिका बिहिन कमजोर नगरपालिकाहरु मध्ये गौरादह एक

logo
प्रकाशित २०७५ असार ३० शनिबार
Jhapa_District.png

झापा । गौरादह नगरपालिकाले चौमासिक शिर्षक अन्तर्गत बिबरण तयार गरि संघीय अर्थ मन्त्रालय, प्रदेश अर्थ मन्त्रालय र राष्ट्रिय बित्त आयोगमा समयमै पठाउन नसक्दा गौरादह पनि नेपालकै २३ भुमिका बिहिन नगरमध्ये एक कमजोर नगरपालिका बन्न पुगेको तथ्य संघीय मामिला तथा स्थानिय बिकास मन्त्रालयको सर्बेक्षणले देखाएको छ  ।

अब्यबस्थित कार्य प्रकृया र अपारदर्शी सुचनाका कारण नगर तथा वडाबाट संचालित विभिन्न किसिमका कार्यक्रमहरु नगरवासीहरुले थाहासम्म पाउदैनन । आफ्ना  सिमित ब्यक्तिहरुलाइ जानकारी गोप्य रुपमा दिने र उनिहरुलाइ  सामेल गराएर बजेट  सिध्याउने धाउन्नमा प्राय वडाहरु लागेको देखिदै आएको छ। कार्यालय समय र अनुगमन समयबारे स्पस्ट नहुदा नगरपालिकाबाट कर्मचारी र प्रतिनिधिहरु योजना अनुगमनमा जादा हप्ताको ३ दिनसम्म कुनै पनि काम नभएर सेवाग्राहीहरुले दु:ख पाएको गुनासोहरु आउने गरेको पाइन्छ ।     

नगरपालिकाका कर्मचारी र जनप्रतिनिधिहरु बिच समन्वयको अभाबले हरेक काममा सेवाग्राहीहरु मार्कामा परेका छन । गैरकानुनी ढङगबाट शिक्षा साखा प्रमुखलाई हटाएकोले हालसम्म त्यस साखाको नियमित कार्य अझैसम्म पनि प्रभाबित रहेको पाइएको छ ।

सार्बजनिक सेवा प्रवाहलाई पारदर्शी र जबाफमुखी बनाउन सार्बजनिक सुनुवाइ जस्ता कार्यक्रम  नगरले आयोजना गर्ने गरेको पाइदैन । नगरभित्रका गौरबका आयोजनाहरु जस्तै ऐतिहासिक पोखरीलाई पर्यटकिय स्थल बनाउने योजनाको बिनियोजित रकम १ करोड कार्य सुचारु नभई फ्रिज हुनु र नेपाल सरकारबाट स्वीकृत प्राप्त १५ सैयाको प्रसुतीगृह सहितको अस्पताल निर्माण कार्य प्रकृयामै हराउनु नगरको कार्य शैलीप्रति आमनगरवासीहरुले बिश्वास गुमाउने प्रमुख आधारहरु हुन। नगरले सन्चालनमा ल्याएको आइटी सेन्टरबाट नगरका कार्यक्रम ठेक्का टेन्डर तथा वडास्तरिय कार्यक्रमहरुको जानकारि आएको पाइदैन।  सुचनाको हकबाट आम नगरवासीहरु उपेक्षित भएका छन।

अर्कोतर्फ उपभोक्ता समिती र निर्माण व्यावसायिहरुमार्फत गरिएका योजनाहरु सम्पन्न भएको महिनौदिन सम्म पनि भुक्तानी नपाएर हैरान भएको दुखेसो यत्रतत्र आउने गरेको पाइन्छ। उपभोक्ता हकहितको सबालमा नगरभित्र खुल्ला रुपमा तथा कम गुणस्तरीय उपभोग्य सामग्री बिक्री वितरण हुदै गरेकोले मानबिय स्वास्थ्यमा दिनानुदिन त्यसले गम्भीर असर पार्दै आएको छ, त्यसलाइ नगरले नियन्त्रण गर्न सकेको छैन ।   

निर्माण कार्य तथा सामग्री खरिद ठेक्कामा सिलबन्दी बोलपत्र आब्हान गर्नुका साथै सार्बजनिक मोलमोलाइ गर्नेकार्य आजसम्म गर्ने गरेको  पाइदैन। तसर्थ यस्ता गम्भीर त्रुटि गर्दै जाने र जनतालाइ गुमराहमा पार्दै जादा नगरपालिकाको साख आफै गुम्दै जाने पक्कापक्की छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ