arrow

ट्वीटरले बन्द गर्‍यो रसियन जासुसहरुको खाता

logo
प्रकाशित २०७५ असार ३१ आइतबार
twitter.jpg

काठमाडौं । सामाजिक सञ्जाल कम्पनी ट्वीटरले शनिबार १२ रसियन गुप्तचरहरुसँग सम्बन्धित रहेको २ ओटा खाता बन्द गरेको छ । सन् २०१६ को अमेरिकाको राष्ट्रपति निर्वाचनमा प्रभावित गर्नका लागि सहयोग गरेको भन्दै ट्वीटरले सो खाताहरु बन्द गर्ने निर्णय गरेको हो । 

गत शुक्रबार संघीय न्यायधीशहरुले सन् २०१६ को निर्वाचनमा रसियन गुप्तचर अधिकारीहरुले डेमोक्रेटिक पार्टीको कम्प्युटर ह्याक गरेको भन्दै फैसला सुनाएको थियो । यस किसिमको विवरणसँगै रसियाको भूमिका अमेरिकाको राष्ट्रपति निर्वाचनमा रहेको भन्ने कुरा पनि बाहिर आएको थियो । 

सन् २०१६ को राष्ट्रपतीय निर्वाचनको क्रममा यी दुई खाताहरुबाट अत्यधिक मात्रामा चोरिएका इमेलहरुको चलखेल हुने गरेको बताइएको छ । ट्वीटरले शनिबार एक विवरण सार्वजनिक गर्दै उक्त खाताहरुबाट कम्पनीको नियम उलंघन भएको पाइएको कारण सो खाताहरु बन्द गर्ने निर्णय गरिएको जानकारी दिएको छ । 

अहिले बन्द गरिएका खातामध्ये एकले अाफ्नाे अमेरिकाकाे निर्वाचनमा भूमिका रहेकाे स्वीकार गरेका छन् भने एक जनाले भने अाफ्नाे साे निर्वाचनमा कुनै किसिमकाे भूमिका नरहेकाे बताउँदै अाएका छन् । पछिल्लो समय ट्वीटर शंकास्पद खाताहरु तथा गलत समाचारहरुलाई रोक्ने प्रयासमा अघि बढिरहेको छ । (एजेन्सी)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ