arrow

इतिहास दोहोर्‍याउन आतुर फ्रान्स

logo
प्रकाशित २०७५ असार ३१ आइतबार
france8.jpg

काठमाडौं । पत्येक टोलीले आफ्नै एउटा इतिहास हुन्छ । साथै प्रत्येक पुस्ताका खेलाडीहरुका लागि खुसी मनाउनका लागि आफ्नै सफलता महत्वपूर्ण हुन्छ । यस्तोमा फ्रान्स पनि अछुतो छैन । रुस विश्वकपको २०१८ को फाइनलको उपाधि हासिल गर्दै टोलीमाथिको अभाव तथा आलोचना हटाउनुका साथै टोलीको विषयमा उठेका सबै प्रश्नहरुको उत्तर दिने प्रयासमा फ्रान्स देखिएको छ । 

“यो प्रतियोगिताको सुरुवातमा आफ्नो टोलीको विषयमा धेरै किसिमको आशंकाहरु थिए”, फ्रान्सका मिडफिल्डर पाउल पोग्वाले भने । २० वर्षपछि विश्वकपको उपाधि आफ्नो घर लैजानका लागि अब फ्रान्स केवल एक खेलले मात्र पछाडि छ । 

“यो हाम्रो लागि सबैभन्दा महत्वपूर्ण खेल हो”, कप्तान ह्युगो लोरिसले थपे । सेमिफाइनल खेलमा बेल्जियमसँग १–० को जितको नतिजा हासिल गरेपछि फ्रान्सको टोलीमा दुई वर्षअघिको युरो कपको फाइनलको विषयलाई लिएर कुरा उठेको थियो, यस्तोमा फ्रान्सका कप्तानले झपार्दै भनेका थिए, “हामी दुई वर्षअघिको जस्तो भूल गर्दैनौं ।” 

दुई वर्षअघिको युरोकपको फाइनलमा पुगेको घरेलु टोली फ्रान्स फाइनल खेलमा पोर्चुगलसँग पराजित भएको थियो । फ्रान्सका प्रशिक्षकले अझै पनि एक खेल बाँकी रहेको र अहिले नै सबै खेलहरु नसकिएको र फाइनल खेलपछि मात्र खुसीयाली मनाउनका लागि आफ्ना खेलाडीहरुलाई निर्देशन दिएका छन् । 

दुईवर्षअघिको युरोकपमा पोग्वाका साथै अहिलेको टोलीमा रहेका थप ८ खेलाडीहरु समावेश थिए । उक्त प्रतियोगिताको सेमिफाइनलमा चारपटकको विश्वविजेता जर्मनीलाई २–० ले पराजित गरेको फाइनलमा भने यो टोली चुकेको थियो । 

फ्रान्सका स्ट्राइकर ओलिभर जिरुले दुई वर्षअघि पनि आफ्नो हातमा युरोकपको उपाधि आइसकेको भन्ने भान भएपनि फाइनलमा हारेको स्मरण गर्दै यसपटक भने अवस्था फरक रहेको बताए । उनले आफूहरु अहिले निकै खुसी रहेको तर आफूहरुलाई अझै खेल सकिएको छैन भन्ने कुरा थाहा भएको बताए । 

आइतबारको खेल फ्रान्सका प्रशिक्षकको लागि पनि निकै महत्वपूर्ण हुनेछ । आइतबारको खेलमा फ्रान्सका लागि जित दिलाउन सकेको खण्डमा उनी खेलाडी र प्रशिक्षकको रुपमा आफ्नो टोलीलाई विश्वकपको उपाधि दिलाउने तेस्रो व्यक्ति हुनेछन् । 

फ्रान्सको टोलीमा पाउल पोग्वा अहिले एक महत्वपूर्ण नेतृत्वकर्ताको भूमिकामा देखिएका छन् । यो विश्वकपमा उनले आफ्नो जिम्मेवारी राम्रोसँग निभाएका छन् भने आफ्नो नेतृत्व टोलीका लागि कस्तो हुनुपर्छ भन्ने कुरालाई पनि पुष्ट्याउने प्रयास गरेका छन् । यसअघि पनि उनको प्रदर्शन राम्रो रहँदै आएकोमा बीचमा उनको विषयमा केही प्रश्नचिन्ह उठेपछि उनले आफ्नो भूमिकालाई न्याय गरेका हुन् । त्यसका साथै टोलीकाअन्य खेलाडीहरुको प्रदर्शन पनि निकै उत्कृष्ट देखिएको छ । जसको कारण आइतबारको खेलमा फ्रान्स हाबी हुने टोलीका सदस्यहरुको विश्वास छ । 

फ्रान्सको टोलीलाई २० वर्षअघिको अवस्थासँग तुलना गर्ने हो भने सन् १९९८ मा फ्रान्सको रक्षापंक्ति निकै बलियो थियो, जुन २०१८ मा थप बलियो देखिएको छ । त्यतिबेला फ्रान्सका तीन डिफेन्डरहरुले गोल गरेका थिए, रुस विश्वकपमा अहिलेसम्म तीन डिफेन्डरले गोल गरिसकेका छन् । 

त्यतिबेला र अहिलेको अवस्था धेरैहदसम्म मिल्दो छ तर अहिलेको टोलीमा त्यतिबेलाको भन्दा धेरै युवा खेलाडीहरु रहेका छन् । अहिलेको टोलीका सबै खेलाडीहरु यो विश्वकपको उपाधि उचाल्नका लागि निकै उत्साहित देखिन्छन् । (एजेन्सी)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ