arrow

रेल स्टेसनमा छनोटको अभ्यास गर्ने क्रोएसिया कसरी पुग्यो विश्वकप फाइनलमा ?

बन्द कोठाको अभ्यासबाट सुरु भएको थियो रुस यात्रा

logo
प्रकाशित २०७५ असार ३१ आइतबार
croatia1.JPG

काठमाडौं । आइतबार रुस विश्वकप २०१८ को अन्तिम खेल अर्थात् फाइनल खेल हुँदैछ । यो खेलले २१ औं संस्करणको विजेताको टुङ्गो लगाउनेछ । फुटबलको सबैभन्दा ठुलो उपाधिका लागि फ्रान्स र क्रोएसियाको बीचमा प्रतिस्पर्धा हुनेछ ।

विश्वकपको सुरुमा फ्रान्स उपाधिको लागि दाबेदार मानिएको टोली हो तर क्रोएसियालाई भने विश्वकप उपाधिको लागि सायदै कसैले सोचेका थिए होला । यस्तोमा कसरी विश्वकपमा फाइनलसम्म पुग्यो त क्रोएसिया ? 

क्रोएसियाको मैदानहरुमा निकै साना र धुलो तथा फोहोरले भरिएका हुन्थे, जहाँ खेलाडीहरुको लागि लकर रुम, कुनै घाँसको मैदान तथा अन्य आधारभूत सुविधा पाउनु मस्किल हुन्थ्यो । यस्तोमा पनि एक बालक निरन्तर फुटबलको अभ्यास गरिरहे किनकी उनको एक सपना थियो । सानो उमेरमा नै यस किसिमको अठोट लिएका बालक थिए–लुका मोड्रिच । उनकै सहयोगमा अहिले क्रोएसियाका विश्व फुटबलको फाइनलमा पुगेको छ । यो खबर क्रोएसियाका समर्थकहरुका साथै विश्वभरका फुटबल प्रेमीहरुका लागि अचम्मलाग्दा कुरा हो । करिब ४० लाखको हाराहारीमा जनसंख्या रहेको मुलुक कसरी विश्वकपको फाइनलमा पुग्यो ? क्रोएसियाले कसरी विश्वस्तरीय खेलाडीहरु उत्पादन गर्नसक्यो ? धेरैको मस्तिष्कमा यो प्रश्न घुमिरहेको छ । 

क्रोएसियाका खेलाडीहरुको रगतमा नै फुटबल छ, त्यसैले उनीहरु यो अवस्थासम्म आइपुगेका हुन् । उनीहरुलाई कुनै राम्रौ मैदान चाहिएन, राम्रो प्रशिक्षक चाहिएन र राम्रो वातावरण पनि चाहिएन केवल फुटबल मात्र चाहियो । मोड्रिच फुटबल खेल्दा उनलाई नुहाउनको लागि कुनै व्यवस्था थिएन तर पनि उनी फुटबलमा दिनानुदिन राम्रो बन्दै गए । कुनै पनि विदेशी प्रतियोगितामा खेलिरहँदा उनलाई सकेसम्म सबैभन्दा राम्रो प्रदर्शन गर्ने ध्याउन्न हुन्थ्यो । 

वास्तवमा क्रोएसियाको यू–१७ को टोलीहरु युरोपियन छनोट खेल्नजानुभन्दा अगाडि जाग्रेबमा रहेको एक रेल स्टेसनमा भेला भएर अभ्यास गर्थे । त्यति ठुलो पूतियोगिता तर न कुनै ठुलो कम्प्लेक्स, न कुनै मैदान केवल एउटा रेल स्टेसन तर पनि क्रोएसियाका खेलाडीहरुमा कुनै विचलन आएन र उनीहरु लगतार खेलमा लागिरहे । उनीहरु केवल आफ्नो टोलीलाई विश्वमा चिनाउन चाहन्थे । क्रोएसियाका खेलाडी निको कोभाक आफूहरुको रगतमा नै फुटबल रहेको बताउँछन् । 

क्रोएसियाको अर्थतन्त्र निकै कमजोर रहेको अवस्थामा फुटबल मुलुकको अर्थतन्त्र बलियो पार्ने माध्यम थियो । कोभाकका अनुसार क्रोएसियाको फुटबलको अवस्था जर्मनीजस्तो मुलुकहरुसँग तुलना नै गर्न सकिँदैन । यद्यपि क्रोएसियाका विद्यालयहरुमा स्पोर्टस् निकै महत्वपूर्ण कुरा हो । प्रत्येक स्कुलहरुमा फुटकल, भलिबल तथा बास्केटबलका मैदानहरु हुनु जरुरी हुन्छ । क्रोएसियाको लागि पूर्वी मुलुकहरुले लगाएको प्रतिबन्ध पनि आफ्नो क्षमता देखाउने अवसर बन्न पुग्यो । यस्तोमा खेलकुद उसको महत्वपूर्ण इतिहास तथा पहिचान बन्न पुग्यो । 

आफूहरु निकै नै राष्ट्रवादी भावना भएको मानिसहरु रहेको कोभाक बताउँछन् । यसमा इभान राकिटिकको पनि समर्थन छ । राकिटिक आइतबारको खेल अन्य खेलजस्तै भए पनि यसले क्रोएसियाको जर्सीलाई संसारभर चिनाउनका लागि सहयोग गर्ने उनको भनाइ छ । 
क्रोएसियाका पूर्व डिफेन्डर तथा प्रशिक्षक इगोर स्टिम्याग आफ्नो मुलुकलाई १९९८ को विश्वकपभन्दा अगाडि विश्वका केवल ५ प्रतिशत मानिसहरुले चिन्ने गरेकोमा विश्वकपपछि यो संख्या बढेर ५५ प्रतिशतमा पुगेको बताउँछन् । त्यसको २० वर्षपछि अहिले क्रोएसियाको फुटबलको माहोल विश्वव्यापी बन्न पुगेको उनको भनाइ छ । अहिले क्रोएसिया यो अवस्थासम्म आइपुग्दा निकै राम्रो प्रदर्शन गरिरहेको भए पनि आफ्नो मुलुकको व्यवस्थापनमा देखिएको समस्या भने जहाँको त्यहीँ छ । फुटबलमा देखिएको विवादको कारण क्रोएसियाका फुटबलका समर्थकहरुले मैदानमै आफ्नो आक्रोश पोख्ने गरेका छन् । 

क्रोएसियाको विश्वकपको यात्रा बन्द कोठाबाट सुरु भएको थियो । निश्चित समुहको आक्रमणको डरको कारण उनीहरुले बन्द कोठामा आफ्नो अभ्यास गर्ने गरेका थिए । त्यतिमात्र पनि होइन यदि क्रोएसियाले विश्वकपपछि आफ्नो मुलुकमा कुनै खेल खेलाउन प¥यो भने त्यो सायद खाली स्टेडियममा हुनेछ । यति धेरै स्थानीय समस्याहरुको सामना गर्दै यो मुलुक अहिले विश्वकपको फाइनलमा आइपगेको छ । यद्यपि टोली पूर्णरुपमा फुटबलमा केन्द्रित रहेको अधिकारीहरुले बताएका छन् । 

नोभाक ल्याटिन अमेरिकामा जस्तै क्रोएसियाका पनि सडकसडकमा बालबालिकाहरु फुटबल खेलिरहेका भेटिने बताउँछन् जबकी यस किसिमको खेलको क्रेज जर्मनीजस्ता मुलुकहरुमा पनि नदेखिने उनको भनाइ छ । सन् १९९८ पछि क्रोएसियाको फुटबलमा डाइनामो जाग्रेबले युवाहरुमा लगानी गर्न थाल्यो जसले क्रोएसियाको फुटबलमा थप केही सुधार आयो । अहिले यो क्लबबाट १० खेलाडीहरु क्रोएसियाको टोलीमा छन् । क्रोएसियाका स्डेडियमहरु अत्यधिक फोहोर छन् भने क्लबहरु निकै गरिब छन् । 

खेलभन्दा बाहिर मानिसहरु निकै कष्ठकर जीवनयापन गर्ने गर्छन् । धेरै मानिसहरु बाँच्नका लागि महिनाभर संघर्ष गरिरहेका हुन्छन् भने शिक्षित मानिसहरु भने रोजगारीको लागि विदेश जाने गर्छन् । यद्यपि क्रोएसिया खुसी र मनोरञ्जनको मुलुक हो । विशेषगरी फुटबलले अहिले त्यस किसिमको माहोल सिर्जना गरेको छ । बालककालमा नै ठुलो सपना बोकेर फुटबलका लागि संघर्ष गर्ने व्यक्ति अहिले टोलीको कप्तान छन् र उनी पहिलो पटक मुलुकलाई विश्वकपको उपाधि दिलाउने यात्रामा अघि बढिरहेका छन् । -एजेन्सी



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ