arrow

लुका मोड्रिचलाई गोल्डेन बल

logo
प्रकाशित २०७५ असार ३२ सोमबार
luka-modric-final.jpg

काठमाडौं । क्रोएसियाका फुटबल कप्तान लुका मोड्रिचले रुस विश्वकपमा गोल्डेन बल अवार्ड जितेका छन् । उनी रुस विश्वकपका सर्वोत्कृष्ट खेलाडी बन्न सफल भएका हुन् । 

क्रोएसियालाई फाइनलसम्म पुर्याएर विश्व फुटबलमा शानदार उपस्थिति जनाएका मोड्रिचका प्रतिस्पर्धी नै थिएनन् भन्दा पनि हुन्छ । मोड्रिचले प्रतियोगितामा दुई गोल गरे । 

उनले समूह चरणमा नाइजेरिया र अर्जेन्टिनाविरुद्ध गोल गरेका थिए । स्पेनिश क्लव रियाल मड्रिडका मिडफिल्डर मोड्रिचको भाउ पनि एकाएक चुलिएको छ । 

सन् १९९१ स्वतन्त्र राष्ट्र बनेको क्रोएसियाले सन् १९९८ मै सेमिफाइनलमा ठाउँ बनाएको थियो । तर यसपटक फाइनलमै पुग्यो । उपाधि पनि जित्ने निकै इच्छाशक्ति क्रोएसियामा थियो ।

अन्तिम समयमा फ्रान्स हावी हुँदा ४–१ ले पछि परेपछि अगाडि बढ्न सकस भयो । एक गोल फर्काए पनि क्रोएसियाले बराबरी गर्न सकेन । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ