arrow

हृदयी मन, बिहेभोजको खर्च परोपकारी कार्यमा

logo
नारायण रिजाल 
प्रकाशित २०७५ असार ३२ सोमबार
paropakar.jpg

बागलुङ । नेपाली काँग्रेस बागलुङका नेता जगदीशचन्द्र उपाध्यायले नेपाल पत्रकार महासंघ बागलुङ र पत्रकार विजय रानालाई सहयोग गरेका छन् । पार्टीका महासमिति सदस्य तथा पुर्व जिल्ला उपसभापति समेत रहेका उपाध्यायले छोरा सजग पौडेल र बुहारी आकृति पौडेलको शुभ विवाहको अवसरमा पत्रकार महासंघको भवन निर्माण र प्लाष्टिक एनिमियाबाट पीडित पत्रकार विजय रानाको उपचारका लागि आर्थिक सहयोग गरेका हुन् । 

नेपाल पत्रकार महासंघको भवन निर्माणका लागि १५ हजार पाँच सय ५५ रुपैयाँ वधु आकृति पौडेल र पत्रकार रानाको उपचारका लागि सहयोग रकम  दुई हजार रुपैयाँ वर सजग पौडेलले पत्रकार महासंघ बागलुङका अध्यक्ष दिल शिरीषलाई हस्तान्तरण गरेका थिए ।

नेपाली काँग्रेस बागलुङ नेता जगदीशचन्द्र उपाध्यायल र नेतृ शकुन्तला शर्माका सुपुत्र सजग र बुहारी आकृतिबीच यही असार २९ गते बैवाहिक सम्बन्ध गाँसिएको थियो । छोराको विवाहमा खर्च गर्ने रकमबाट कटाएर आफुहरुले सहयोग गरेको उपाध्यायले बताए ।

 ‘मैले यो रकम यही विवाहको खर्चबाट कटाएको हो,’ उनले भने, ‘विवाह भोजमा धुम्रपान मद्यपानलाई निशेध गर्नुपर्छ भनेर यता सहयोग गरेको छु । धन भन्दा पनि मन भएको मान्छे हुँ । मनदेखि सहयोग गरेको छु ।’ 

खुशीको क्षणमा पत्रकार महासंघ र पत्रकार विजय रानाको उपचारका लागि सहयोग गरेर पत्रकारहरुलाई पनि आफ्नो खुशीमा सामेल गरेकोमा पत्रकार महासंघका अध्यक्ष दिल शिरीषले धन्यवाद दिए ।

 ‘यहाँहरु जस्तै धेरैको सदासयताबाट हामीले पत्रकार महासंघको भवन निर्माणका काम अगाडी बढाएको हौं,’ उनले भने,‘पत्रकार विजय राना अहिले विरामी भएर काठमाडौंमा उपचाररत हुनुहुन्छ । यहाँहरुको सहयोगले उहाँको जीवन रक्षा गर्ने अभियानमा सहयोग पुग्नेछ ।’ 

कार्यक्रममा नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल, केन्द्रिय सदस्य अर्जुन प्रसाद जोशी, पुर्व सांसद प्रकाश शर्मा पौडेल लगायतको उपस्थिति रहेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ