arrow

रुस विश्वकप २०१८ : कुन टोलीले पाए कति पैसा

logo
प्रकाशित २०७५ असार ३२ सोमबार
worldcup-2018-1.jpg

काठमाडौं । आइतबारबाट रुस विश्वकप २०१८ सकिएको छ । एक महिनासम्म चलेको यो प्रतियोगितामा ३२ टोलीहरु सहभागी भएका थिए, जसमा फ्रान्सले प्रतियोगिताको उपाधि हासिल गरेको छ ।

कुनै पनि प्रतियोगिता सकिएपछिको महत्वपूर्ण पाटो पुरस्कार हो । कुन टोलीले कस्तो पुरस्कार पायो भन्ने कुरा निकै महत्वपूर्ण हुन्छ । यो विश्वकपमा पनि समग्रमा ४३ अर्ब नेपाली रुपैयाँबराबरको धनराशी पुरस्कारका लागि खर्च भएको छ ।

समुहचरणबाटै बाहिरिने १६ टोलीहरुले ८५ करोड ३२ लाख रुपैयाँबराबरको पुरस्कार विश्वकपमा सहभागिता जनाएबापत पाएका छन् । त्यसैगरी अन्तिम १६ मा पुगेर बाहिरिएका ८ टोलीहरुले १ अर्ब २९ करोड बराबरको पुरस्कार पाएका छन् ।

क्वार्टरफाइनलसम्मको यात्रा तय गरेर बाहिरिएका चार टोलीहरुका लागि एक अर्ब ७२ करोड बराबरको पुरस्कार दिइएको छ । त्यसैगरी प्रतियोगितामा चौथो भएको इंगल्याण्ड २ अर्ब ३७ करोड बराबरको रकम पाएको थियो ।

तेस्रो स्थान हासिल गर्न सफल भएको बेल्जियमले २ अर्ब ९८ करोडबराबरको पुरस्कार पाएको छ भने दोस्रो स्थान हासिल गरेको क्रोएसियाले ३ अर्ब २ करोडबराबरको रकम पुरस्कारको रुपमा हासिल गरेको छ । यसपटकको विश्वविजेता बन्न सफल भएको फ्रान्सले ४ अर्ब १० करोडबराबरको पुरस्कार राशी हासिल गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ