arrow

मधेशी मोर्चा र सरकार बिचको वार्ता 'सकरात्मक तथा बिनानिश्कर्ष'

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
1570902379.jpeg

काठमाडौं। सरकारी पक्षले सकरात्मक र आन्दोलनरत पक्षले बिनानिष्कर्श भनेर आज भएको सरकारी टोली र सँयुक्त मधेशी मोर्चाबिचको वार्ता टुंगिएको छ। सरकारी पक्ष बिना कुनै तयारी आएको मोर्चाको कथन छ।

उहाँहरुले यस अघिको हाम्रो माग अनुसार कुनै पनि विषयमा स्पष्ट मार्गचित्र विना उपस्थित भएर छलफलमा केन्द्रीत हुने अवस्था नुहुँदा फेरि कात्तिक १५ गते पुनः बस्ने गरी टुंगियो, तराई मधेस लोकतान्त्रिक पार्टीका उपाध्यक्ष एवम् मोर्चाका नेता हृदयश त्रिपाठीले  बताए ।

हामीले सिमांकन सहित हामीले उठाएका विषयमा अर्को बैठकमा स्पष्ट सरकारी धारणा सहित आउन हामीले आग्रह गरेका छौ, त्रिपाठीले भने, अब पटक पटक वार्ता गर्न भन्दै विना तयारी बस्ने हाम्रो कुनै चाहना छैन त्यसैले १५ गते स्पष्ट खाकासहित आउन भनेका छौं।

मधेशी मोर्चाले आजको वार्ताबाट निशकर्ष ननिस्के नयाँ रुपले सोच्ने बारे उपेन्द्र यादवले हिजो पत्रकारहरुसँग भनिसकेको स्थितीमा आजको वार्ता बिनानिश्कर्ष निस्किंदा कस्तो प्रतिक्रिया आउने हो त्यो हेर्न बाँकी छ।

परराष्ट्र मन्त्रालयमा बिहीबार दिउँसो २ बजेपछि भएको वार्ताले मधेश आन्दोलनका क्रममा घाइते भएका र झुठा मुद्दा लागेकाहरुको अनुगमन गर्ने सहमति भएको छ।

त्यसका लागि कानुन मन्त्री अग्नि खरेल र संघीय समाजवादी फोरमका उपाध्यक्ष लालबाबु राउत रहेको समिति गठन गरिएको छ। समितिले कात्तिक १५ गतेसम्म अनुगमन गरी प्रतिवेदन बुझाएपछि त्यसै दिन दिउँसो ४ बजे वार्ता हुनेछ।

सरकारी वार्ता टोलीका सदस्य तथा विना विभागीय मन्त्री रामजनम चौधरीले वार्ता सकारात्मक रहेको र १५ गतेको वार्ता सीमांकनमा केन्द्रित रहने बताए। 'आजको वार्ता सकारात्मक रह्यो, दुवै पक्षले आआफ्ना कुरा राख्नुभयो', उनले भने '१५ गते ४ बजे बस्ने वार्तामा सीमांकनका विषयमा केन्द्रित रहेर छलफल हुन्छ।'

मोर्चाले राखेको वार्ताको पूर्व सर्तको विषयमा सरकारले शुक्रबार लिखित संबोधन गर्ने सहमति पनि बिहीबारको वार्तामा भएको छ। घाइतेको उपचारको ब्यवस्था, मृतकको परिवारलाई आर्थिक सहायता दिने र झुठा मुद्दा लागेकाहरुको मुद्दा फिर्ताको विषयमा शुक्रबार सरकारले लिखित रुपमा प्रतिवद्धता जनाउने वार्तामा सहमति भएको छ। मधेशी मोर्चाका वार्ता टोली सदस्य लक्ष्मणलाल कर्णले सरकारी वार्ता टोली सीमांकनको विषयमा स्पष्ट नभई आएकाले थप सहमति हुन नसकेको बताए।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ