arrow

ट्रम्प झुठो सावित, रुसबारे एक दिनमै फेरे बोली 

logo
प्रकाशित २०७५ साउन २ बुधबार
news-trump-badhai-putin.jpeg

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प झुठो सावित भएका छन् । उनले रुसबारे एक दिनमै बोली फेरेर दुनियाँलाई अलमलमा पार्न खोजेका हुन् ।

उनले अन्ततः सन् २०१६ को राष्ट्रपतीय चुनावमा रुसले हस्तक्षेप गरेको भन्ने अमेरिकी गुप्तचर निकायहरूको निष्कर्ष स्वीकारेका छन् । एक दिनअघि त्यो वास्तविकता मान्न उनी तयार थिएनन् ।

सोमवार प्रस्ट रुपमा आफ्ना कुरा राख्न नसकेको उल्लेख गर्दै ट्रम्पले मंगलबार राति अमेरिकी चुनावमा रुसले हस्तक्षेप गर्नुपर्ने कारण आफूले नदेखेको भन्न खोजेको बताए।

फिनल्याण्डको हेलसिन्कीमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको भेटवार्तापछि ट्रम्पले दिएको अभिव्यक्तिको अमेरिकी नेताहरूबाट चर्को आलोचना भएको थियो।

पछिल्लो अभिव्यक्तिमा ट्रम्पले अमेरिकी गुप्तचर निकायहरूप्रति आफ्नो ‘पूर्ण विश्वास र समर्थन’ रहेको बताएका छन्।

पुटिनसँगको भेटवार्तापछि सोमवार आयोजित एउटा संयुक्त पत्रकार सम्मेलनमा ट्रम्पले एउटा प्रश्नको जवाफ दिएपछि विवाद शुरू भएको थियो। हेलसिन्कीमा भएको भेटवार्तालाई ट्रम्प र पुटिन दुवैले सफल भनेका थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ