arrow

राणाकालीन 'शेर'ले पचाउन नसकेको कमलपोखरीमा गणतन्त्रका ‘गिद्ध’हरुको लुछाचुँडी

logo
प्रकाशित २०७५ साउन २ बुधबार
kamal1.jpg

काठमाडौं । साविक काठमाडौं–१ स्थित कमलपोखरी अतिक्रमणको सिकार भएको छ । प्रहरी, सडकदेखि सर्वसाधारणले कमलपोखरी अतिक्रमण गरेका छन् । ४८ रोपनी क्षेत्रफलमा फैलिएको कमलपोखरीको क्षेत्रफल हाल आधा पनि छैन ।

२०३४ सालको नापीदेखि नै कमलपोखरी अतिक्रमणको चपेटामा पर्दै आएको छ । एउटै व्यक्तिले २० रोपनी जग्गा आफ्नो नाममा दर्ता गराएका छन् । कि.नं ४०४ को २० रोपनी १० आना १ पैसा १ दाम मणिराज गुरुङको नाम दर्ता भएको छ । उक्त जग्गाका विषयमा गुरुङ र कृषि कार्यालयबीच विवादसमेत भएको थियो ।

केशर शमशेरले पचाउन नसकेको ‘मृत’ पोखरीलाई तर्साउँदै छायादेवी 

विवाद अदालतमा पुगेर टुंगिएको थियो । गुरुङ र कृषि कार्यालयको नापीमा झगडा भई तत्कालीन क्षेत्रीय अदालतले २०३९ साउन १० गतेको फैसलाबमोजिम २०३९ साल असोज २९ गते गुरुङकै नाम दर्ता भएको छ । मालपोत कार्यालय काठमाडौंको अभिलेखमा कि.नं ४०४ को जग्गा गुरुङले दर्ता गराएको पाइएको छ ।

कित्ता नं ८८ र ९० को को ५ रोपनी ४ आना २ पैसा २ दाम जग्गा प्रहरी लाइन डिल्लीबजारले अतिक्रमण गरेको छ भने कि.नं ८७ र ३६८ को ४ रोपनी १ आना ३ पैसा ४ कमल प्राथमिक विद्यालयले भोगचलन गरिरहेको छ । २०३४ को नापीपछि २०३८ साल मंसिर २ गते कि.नं १३४० नम्बरको ४ आना जग्गा सीता तामाङ, कि.नं १३३९ को ३ आना १ पैसा २ दाम कृष्णमाया काकीको नाममा दर्ता गरिएको छ । २०४० साल पुस २१ गते कि.नं. १३३९ को कित्ताकाट गरी कि.नं. १८०० को १ आना २ पैसा जग्गा सीता तामाङलाई कृष्णमाया कार्कीले बिक्री गरेको मालपोत कार्यालय फिल्ड बुकमा उल्लेख छ । कि.नं १८५१ को बाँकी १ आना ३ पैसा २ दाम जग्गा भने कृष्णमायाकै नाममा रहेको पाइएको छ ।

२०३८ साल मंसिर २ गते पदमकुमारी गुरुङको नाममा नापी गोस्वारामा ४०१ कि.नं ४०१ को १५ आना १ पैसा १ दाम जग्गा दर्ता भएको छ । २०३८ मंसिर २ मा शान्तादेवी शर्माको नाम कि.नं ३६६ को १४ आना ३ पैसा १ दाम ३ नं गोस्वारामा दर्ता भएको उल्लेख छ । रानीपोखरीको नाम रहेको कि.नं ७८ को १ रोपनी १४ आना २ दाम हरिनारायण मानन्धरको नाममा दर्ता छ । त्यस्तै २०३८ साल मंसिर २ गते कि.नं ८६ को १ रोपनी १२ आना ३ दाम जग्गाका चेतलाल श्रेष्ठको नाममा, कि.न.३६७ को ३ रोपनी १ आना २ पैसा १ दाम किशोरजंग थापाको नाममा जग्गा दर्ता भएको उल्लेख छ । ०४१ कात्तिक ७ गते फिल्डमै कि. नं १९३५ र १९३४ कायमै रही कि.नं १९३४ सन्तोष शाहीको नाम दर्ता भएको उल्लेख छ । कमलपोखरी चारैतिरबाट अतिक्रमणको सिकार भएको सम्पदा अभियन्ता सन्तु महर्जन बताउँछन् । ‘उत्तरपश्चिम बाटोले मिच्यो, दक्षिणतिर पुलिसले, धेरै जग्गा व्यक्तिले पनि मिचेका छन्’, उनले भने ।

२००१ सालको सर्भे नापीबाट तयार भएको कमलपोखरीको नक्साको चार किल्लाभित्रको जग्गा व्यक्तिको नाममा दर्ता कायम देखिएकाले घर र जग्गा नै अधिग्रहण गर्न २०४३ साल असोज १६ गते तत्कालीन श्री ५ महाराजधिराजको सचिवालयले गुठी संस्थानलाई परिपत्र गरेको अभिलेखमा उल्लेख छ । -अन्नपूर्ण पाेष्टबाट



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ