arrow

भारतमा मोदी फेल ! 

logo
प्रकाशित २०७५ साउन २ बुधबार
india2.jpg

काठमाडौं । भारतीय समाजवादी पार्टी (एसपी)का अध्यक्ष अखिलेश यादवले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी 'फेल' भएको बताएका छन् । उनले अब भारतलाई नयाँ प्रधानमन्त्रीको आवश्यकता रहेको बताएका हुन् । 

भारतको आगरामा भएको एक कार्यक्रममा बोल्दै यादवले भारतीय जनता पार्टी (बीजेपी)मा प्रधानमन्त्री बन्ने दोस्रो अनुहार नभएको पनि बताए ।

बीजेपीले निर्वाचनको मिति घोषणा हुनुभन्दा पहिला नै निर्वाचन र्‍याली सुरु गरेको तर्फ संकेत गर्दै यादवले आफूहरु लोकसभाको निर्वाचनको मिति तय भएपछि मात्र र्‍याली गर्ने तयारीमा रहेकोमा बीजेपीले एक्लै र्‍याली सुरु गरेको बताए । 

यादवले सञ्चारकर्मीहरुसँग कुरा गर्दै बीजेपीले धर्म र जातिको राजनीति गरेको आरोप लगाए । उनले भारतलाई कुनै धर्म र राजनीति नभई विकास चाहिएको बताए । 

कांग्रेस आईका अध्यक्ष राहुल गान्धीलाई मुस्लिम नेता भन्दै टीप्पणी गरिएकोमा यादवले भने, “म के दाबी गर्न सक्छु भने राहुल गान्धी हिन्दू हुन् तर बीजेपीका नेताहरुले भन्न सकून् कि उनीहरु के हुन् ?”

एसपी अन्य पार्टीहरुसँग मिलेर निर्वाचनमा जान लागिरहेको अवस्थामा गठबन्धन छुटाउनका लागि चलखेल भइरहेको उनले आरोप लगाए ।

पछिल्लो समयका निर्वाचनहरुले बीजेपीप्रतिको निराशा देखाइरहेको यादवले बताए । आगरामा पछिल्लो समय व्यापकमात्रामा आपराधिक घटनाहरु बढ्नुमा बीजेपीको सरकार दोषी रहेको उनले आरोप छ ।

बीजेपी झुटको खेती गर्दै मानिसहरुमा भ्रम छरिरहेको र बीजेपीकै कारण मुलुक बर्बाद हुने अवस्थामा रहेको यादवको ठम्याइ छ । (एजेन्सी)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ