arrow

विश्वका सबैभन्दा धनी बेजोसको स्वामित्वमा रहेका कम्पनीहरु 

logo
प्रकाशित २०७५ साउन २ बुधबार
jeff_bezos1.jpg

काठमाडौं । विश्वको सबैभन्दा धनी व्यक्ति हुन् – जेफ बेजोस । उनी अमेरिकी प्रविधि कम्पनी अमेजनका सीईओ हुन् । सोमबारको विवरणअनुसार उनको सम्पत्ति एक खर्ब ५० अर्ब डलरबराबरको रहेको देखिएको छ । यो रकम दोस्रो स्थानमा रहेका बिल गेट्सभन्दा ५५ अर्ब डलरले बढी हो ।

उनलाई यस किमिसको अवस्थामा पुर्‍याउनका लागि पक्कै पनि उनको स्वामित्वमा रहेका कम्पनीहरुको भूमिका निकै महत्वपूर्ण रहेको छ । उनको स्वामित्वमा रहेका प्रमुख कम्पनीहरु यस्ता छन् – 

१. गुडरिडर्स 

गुडरिडर्स विश्वको किताबहरुको लागि सबैभन्दा ठुलो वेबसाइट हो । यो साइट सन् २००७ मा लन्च गरिएको थियो । सन् २०१३ मा यो कम्पनीलाई अमेजनले खरिद गरेको थियो । यो वेबसाइटका ६ करोड ५० लाख सदस्यहरु रहेका छन् । 

२. जापोस

जापोस जुत्ताहरु तथा कपडाहरुको अनलाइन व्यापार गर्ने साइट हो । यो साइटलाई पनि अमेजनले सन् २००९ मा खरिद गरेको थियो । सन् २०१२ मा यो कम्पनीका २ करोड ४० लाख मानिसहरुको विवरण चोरी भएको विवरण सार्वजनिक भएको थियो । 

३. इलिमेन्टल टेक 

यो सफ्टवेयर कम्पनी पनि अहिले बेजोसको नाममा रहेको छ । यसलाई पनि सन् २०१५ मा अमेजन कम्पनीले खरिद गरेको थियो । सन् २००६ मा स्थापना भएको यो कम्पनीले भिडियो निर्माणका सफ्टवेयरहरु निर्माण गर्दै आएको छ ।

४. एसओयूक्यु डटकम

यो अनलाइनको बजार कम्पनी पनि अमेजनको एक भागको रुपमा रहेको छ । यसलाई मध्यपूर्वको अमेजनको उपनामले पनि चिनिन्छ । यो कम्पनी दुबईमा रहेको छ । सन् २०१७ को मार्च महिनामा अमेजनले यो कम्पनी खरिद गर्दै आफ्नो मध्यपूर्वको व्यापार विस्तारको काम सुरु गरेको थियो । 

५. ब्लु ओरिजिन 

अमेजनका सीईओ बेजोस ब्लु ओरिजिनका संस्थापक हुन् । रकेट कम्पनीले अहिले आफ्नो सम्भावित अन्तरिक्षको योजना विस्तारको क्रममा रहेको छ । यसका लागि अमेजनका सीईओले आफ्नो एक अर्ब अमेरिकी डलरबराबरको सेयर बिक्री गरेर लगानी गरेका थिए ।

६. द वासिङटन पोस्ट

अमेरिकी मिडिया द वासिङटन पोस्ट पनि बेजोसको स्वामित्वमा रहेको छ । एक सय ४० वर्ष पुरानो यो मिडिया नास होल्डिङ कम्पनीद्वारा सञ्चालित छ । जुन बेजोसको नाममा रहेको छ । उनले यो पत्रिकालाई सन् २०१३ मा २५ करोड डलरमा खरिद गरेका थिए । 

७. होल फुड 

सन् २०१६ मा अमेजन कम्पनीले होल फुड कम्पनीलाई १३ अर्ब ७० करोड डलरमा खरिल गरेको थियो । अहिले पनि यो कम्पनी अमेजनको स्वामित्वमा रहेको भए पनि एक छुट्टै शाखाको रुपमा चलिरहेको छ । 

८. आईएमडीबी

मुभी तथा टिभी प्रोग्रामको डाटावेस कम्पनी निकै लोकप्रिय कम्पनी हो । यो कम्पनीले विशेषगरी मुभीको सेवा प्रदान गर्ने गरेको थियो । यो वेबसाइलमा २५ करोड डाटाहरु उपलब्ध रहेका छन् भने ४० लाखभन्दा बढी मुभीहरु रहेका छन् । 

९. किभा सिस्टम 

रोबोट निर्माणकर्ता कम्पनी किभा सिस्टम पनि अमेजनकै नाममा रहेको छ । सन् २०१२ मा अमेजनले यो कम्पनीलाई ७७ करोड ५० लाख डलरमा खरिद गरेको थियो । यो कम्पनी अहिले अमेजनको रोबोटको शाखाको रुपमा रहेको छ । 

१०. एलेक्सा 

विश्वका वेबसाइटहरुको र्‍याकिङ गर्ने तथा गुणस्तरको मापन गर्ने कम्पनी एलेक्सा पनि अमेजनकै स्वामित्वमा रहेको कम्पनी हो । सन् १९९६ मा स्थापना भएको यो कम्पनीलाई सन् १९९९ मा अमेजनले खरिद गरेको थियो । 

११. डीपी रिभ्यु 

यो कम्पनीले आफूलाई विश्वको सबैभन्दा लोकप्रिय डिजिटल फोटोग्राफी वेबसाइटको रुपमा दाबी गर्दै आएको छ । यसलाई सन् २०१७ मा अमेजनले खरिद गरेको थियो । यो कम्पनीले तस्बिरको विषयमा उठेका विभिन्न प्रश्नहरुको समाधान खोज्ने गरेको छ । 

१२. फाब्रिक डटकम 

फाब्रिक डटकम पनि अमेजनकै एक भाग हो । यो कम्पनी १९९३ मा स्थापना भएको थियो । सन् १९९९ मा पहिलोपटक यो कम्पनीले आफ्नो वेबसाइट बनाएको थियो भने सन् २००८ मा यसलाई अमेजनले खरिद गरेको थियो ।

१३. वूट डटकम

सन् २००४ मा स्थापना भएको यो कम्पनीलाई पनि सन् २०१० मा अमेजनले खरिद गरेको थियो । सुरुवातमा यसले एक उत्पादनको मात्र सेवा दिने गरेको भए पनि अहिले भने महत्वपूर्ण दैनिक आवश्यकताहरु र विभिन्न सात शीर्षकहरुको निश्चित समयभित्रै सेवा प्रदान हुनेछ । 

१४. ट्वीच 

प्रत्यक्ष प्रसारणको सेवा प्रदान गर्ने कम्पनी ट्वीच पनि अहिले अमेजन कम्पनीको स्वामित्वमा रहेको छ । अनलाइन व्यापारको सेवा प्रदान गर्ने कम्पनीलाई अमेजनले सन् २०१४ मा ९७ करोड डलरमा खरिद गरेको थियो । 

१५. अडिबल 

किताबलाई आवाजमा सुन्नसक्ने सेवा प्रदान गर्ने कम्पनी अडिबल पनि अमेजनको अधीनमा रहेको छ । सन् २००८ मा यो कम्पनीलाई अमेजनले ३० करोड डलरमा खरिद गरेको थियो । यसले रेडियो टेलिभिजनका साथै पत्रिकाहरु पनि आवाजमा सुन्नसक्ने व्यवस्था मिलाउने गरेको छ । जसमा न्युयोर्क टाइम्सजस्ता पत्रिकाहरु पनि रहेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ