arrow

राष्ट्रियहित र स्वाभिमान झुक्ने काम कहिल्यै नगर्ने प्रतिबद्धता

दुई वर्षभित्र सबै तुइन विस्थापित

logo
प्रकाशित २०७७ पुष १७ शुक्रबार
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले २०७४ असार मसान्तसम्म सबै तुइन विस्थापित गरी झोलुङ्गे पुल निर्माण गर्ने बताएका छन् ।अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को २२औँ राष्ट्रिय महाधिवेशन उद्घाटन गर्दै उनले २०७४ असार मसान्तसम्म नबनाइ नहुने स्थानमा १७६ वटा झोलुङ्गे पुल निर्माण गर्ने बताए ।
 
प्रधानमन्त्री ओलीले प्रधानमन्त्रीको शपथ लिँदा नै दुई वर्षभित्र तुइन विस्थापित गर्ने पहिले निर्णय गरेका थिए ।  “विसं २०७४ साउन १ गते तुइन कहीँ हुने छैन, यदि कहीँ पाए फोटो खिँचेर सिंहदरबारमा ल्याउनुस्, किनकी एउटा पनि तुइन नै रहने छैन”प्रधानमन्त्री ओलीले भने । दुई वर्षभित्र मुलुकलाई खाद्यान्नमा आत्मनिर्भर बनाउने लक्ष्यका साथ सरकार अघि बढेको भन्दै उहाँले भूकम्पपश्चात् प्राधिकरण निर्माण गरेर पुनःनिर्माणको काम सुरु भइसकेको र आगामी फागुन १२, चैत १२ र वैशाख १२ देखि पुनःनिर्माणको महाअभियानका चरण अघि बढ्ने बताए ।
अब अघोषित नाकाबन्दी अन्त्य भएकाले ग्यास, पेट्रोलियम पद्धार्थ सहज हुने स्पष्ट पार्दै प्रधानमन्त्री ओलीले मुलुकको सार्वभौमसत्ता, स्वतन्त्रता, भौगोलिक अखण्डता, राष्ट्रियहित र स्वाभिमान झुक्ने खालको काम कहिल्यै नगर्ने प्रतिबद्धता जनाएका हुन् ।
 
काँग्रेसलाई सरकारमा आउन आग्रह 
 
प्रधानमन्त्री केपी ओलीले प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसलाई सरकारमा आउन आह्वान गरेका छन् ।“लोकतान्त्रिक राजनीतिक दल सबै एक ठाउँमा छन्, देश निर्माण गर्ने अभियानमा हामी एकजुट होऔँ, नेपाली काँग्रेसलाई पनि सरकारमा आउन म आह्वान गर्छु”ओलीले भने । एकीकृत नेकपा (माओवादी), राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाललगायतका धेरै दल सरकारमा सामेल भएको भन्दै उनले राष्ट्र निर्माणका काममा काँग्रेस पनि सरकारमा आउनुपर्ने धारणा राखेका छन् ।
 
भारत भ्रमणमा देशलाई नोक्सान गर्ने काम हुँदैन 
प्रधानमन्त्री केपी ओलीले भारत भ्रमणका क्रममा विवादास्पद र नेपाललाई नोक्सान हुने कुनै पनि काम नहुने बताएका हुन् ।“नेपाल बुद्धको देश हो, शान्ति र मित्रता फैलाउने हो, राष्ट्रहितका पक्षमा दृढ अडिग रहन्छु”प्रधानमन्त्री ओलीले भने। 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ