arrow

माइक्रोसफ्टको राजस्व पहिलोपटक १ खर्ब डलर नाघ्यो 

logo
प्रकाशित २०७५ साउन ४ शुक्रबार
microsoft.jpg

काठमाडौं । अमेरिकी प्रविधि कम्पनी माइक्रोसफ्टले पहिलोपटक एक खर्ब अमेरिकी डलरबराबरको राजस्व बुझाएको विवरण सार्वजनिक गरेको छ । माइक्रोसफ्टले आफ्नो राजस्व १ खर्ब १० अर्ब पुगेको विवरण सार्वजनिक गरेको हो । 

अमेरिकी कम्पनीले सन् २०१८ को दोस्रो त्रैमासिक अवधिमा आफ्नो औसत आम्दानी वार्षिकरुपमा १० प्रतिशतले वृद्धि हुँदै ८ अर्ब ८० लाख डलरमा पुगेको बताएको छ । साथै उसको राजस्वमा सो अवधिमा १७ प्रतिशतको वृद्धिदर हासिल भएको देखिएको हो । 

यो विवरण सार्वजनिक गर्दै माइक्रोसफ्टका प्रमुख कार्यकारी अधिकृत सत्य नडेल्लाले यस वर्ष कम्पनीको लागि निकै फलदायी रहेको बताए । पछिल्लो समय ल्याइएका केही योजनाहरुको विस्तारसँगै कम्पनीको आर्थिक नतिजामा पनि सुधार आएको भन्दै उनले आगामी दिनमा आफ्नो आविष्कार तथा लगानीमा व्यापक विस्तार गर्ने कम्पनीको योजना रहेको उनले बताए । 

माइक्रोसफ्टका प्रमुख नडेल्लाले आगामी दिनमा कम्पनीको नाफामा पनि वृद्धि हुने विश्वास व्यक्त गरे । उनले पछिल्लो आफ्नो कम्पनीको सबै क्षेत्रको व्यापारमा दुई अंकको वृद्धिदर हासिल भएको कारण पनि कम्पनी आर्थिक हिसाबमा बलियो अवस्थामा रहेको बताए । 

माइक्रोसफ्टका प्रयोगकर्ताहरुको संख्यामा पनि उल्लेख्य वृद्धि भइरहेको कम्पनीले बताएको छ । कम्पनीको अफिस ३६५ का १३ करोड ५० लाखभन्दा बढी प्रयोगकर्ताहरु रहेका छन् । मोबाइलको भर्सनको सफ्टवेयरहरु पनि १० करोडभन्दा बढी डिभाइसहरुमा प्रयोग भइरहेको कम्पनीका प्रमुख नडेल्लाले बताए । 

अहिले यो कम्पनीका विश्वव्यापीरुपमा दुई करोड ८० लाख प्रयोगकर्ताहरु रहेका छन् । (एजेन्सी)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ