arrow

जब राहुल गान्धीले मोदीलाई अँगालो हाले ......

logo
प्रकाशित २०७५ साउन ४ शुक्रबार
modi-rahul.png

काठमाडौ । भारतको प्रमुख प्रतिपक्षी दल कांग्रेस आईका अध्यक्ष राहुल गान्धी सरकारको विरुद्धमा निकै खरो रुपमा प्रस्तुत हुने गर्छन् । उनको भाषण सुन्दा उनी कुनै पनि विपक्षीमाथि जतिबेला पनि जाइलाग्न सक्छन् जस्तो देखिन्छ तर शुक्रबार भारतको लोकसभामा जुन दृश्य दखियो, त्यसले भने सबैलाई चकित बनाएको छ । 

शुक्रबार लोकसभामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको चर्को आलोचना गरेर आफ्नो स्थानमा बस्न जानलाग्दा अचानक उनी मोदी भएको स्थानमा पुगे र उनलाई अँगालो हाले । 

शुक्रबारको सभामा बोल्ने क्रममा उनले प्रधानमन्त्री तथ रक्षामन्त्रीको कमजोरीको कारण राष्ट्रिय सुरक्षामा पनि खलल पुग्ने किसिमको काम भएको बताएका थिए । संसदमा राहुल गान्धीले यस्तो भनिरहँदा रक्षामन्त्रीले नियमापत्तिसमेत जनाएका थिए । यस्तोमा राहुल गान्धी भाषण सकेर मोदीको स्थानमा पुग्दा सबै आश्चर्यमा परेका थिए । 

राहुल गान्धीले शुक्रबारको सभामा प्रधानमन्त्रीलाई यसरी अँगालो हाल्नुलाई धेरैले राजनीतिक चालको रुपमा लिएका छन् । आगामी निर्वाचनमा पार्टीको लागि प्रधानमन्त्रीको रुपमा अघि बढिरहेका गान्धी जनताहरुको माझमा लोकप्रिय बन्नका लागि पनि यस किसिमको कार्य गर्दै आएको विश्लेषकहरुले बताएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ